नाला खन्दै गरेका सार्कीको ढिस्कोले पुरेर निधन

२0७८ माघ १४ शुक्रबार
नाला खन्दै गरेका सार्कीको ढिस्कोले पुरेर निधन

उदयपुृर

नाला खन्ने क्रममा माटोको ढिस्कोले पुर्दा एक कामदारको ज्यान गएको छ । बिहीबार दिउसो त्रियुगा नगरपालिका १० बोक्सेमा नाला खन्ने क्रममा खसेको माटोको ढिस्कोले पुर्दा सोही वडाका ५६ वर्षीय झर्कबहादुर सार्कीको निधन भएको हो । 


ढिस्कोले शरीरभरी चोटपटक लागेर गम्भीर घाईते भएका सार्कीको जिल्ला अस्पतालमाई उपचार गराइएको थियो । तर, त्यहाँ उपचार संभव नभएपछि कोसी अस्पताल बिराटनगर रिफर गरिएको थियो । 


कोसी अस्पतालमा उपचारकै क्रममा राति ११ बजे उनको ज्यान गएको प्रहरीले जनाएको छ । घट्नाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।