घाँस काट्न गएकी महिलाको लडेर निधन 

२0७८ माघ १२ बुधबार
घाँस काट्न गएकी महिलाको लडेर निधन 

उदयपुर

घाँस काट्ने क्रममा लडेर ताप्ली गाउँपालिकाकी एक महिलाको बुधबार विहान निधन भएको छ । घाँस काट्ने क्रममा घरछेउकै बगले भीरबाट लडेर ताप्ली गाँउपालिका ३ का रत्नबहादुर तामाङकी श्रीमती ५० वर्षीया लक्ष्मीमाया तामाङको  निधन भएको हो । 


घरनजिकैको बगले भीरमा घाँस काट्दा काट्दै अचानक लडेकी उनको तत्काल निधन भएको प्रहरीले जनाएको छ । खोल्सामा मृत अवस्थामा भेटिएको उनको लास आफन्तले देखेर प्रहरी चौकी रामपुर झिल्केलाई खवर गरेका थिए । खवर पाएलगत्तै खटेको प्रहरी टोली घट्नाास्थल पुगेको थियो । 


घट्नाबारे बिस्तृत बुझ्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नेतृत्वमा र इलाका प्रहरी कार्यालय कटारीबाट छुटुटा छुट्टै टोली घट्नास्थल गएका छन् । प्रहरीको संयुक्त टोलीले घट्नाबारे थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


मृतकको शव व्यवस्थापनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।