माओबादी केन्द्र उदयपुरमा जिम्मेबारी तोकियो

२0७८ माघ १२ बुधबार
माओबादी केन्द्र उदयपुरमा जिम्मेबारी तोकियो

उदयपुर

नेकपा (माओवादी केन्द्र) उदयपुरमा नयाँ जिम्मेबारी बाँडफाँड भएको छ । पार्टीको १ नं. प्रदेश कमिटी बैठकले मंगलबार सम्पन्न बैठकले नेताहरुको पदीय जिम्मेबारी तोक्दै कार्यविभाजन गरेको हो । 


पार्टीले मोहन खत्री (दिपक)लाई प्रदेश बिभाग वा जनवर्गीय संगठन–मोर्चामध्ये कुनै एउटामा ईन्चार्ज तोक्ने निर्णय गरेको छ । त्यस्तै भिम अधिकारी (अनिल), राजन किराती (बासु), र केपी बराललाई जिल्ला सहईन्चार्जको जिम्मेबारी सुम्पेको छ । जिल्ला समन्वय संयोजकमा विनोद कटुवाललाई यसअघिकै जिम्मेबारी दिइदा  सचिव किरण राईले पाएका छन् । 


संघीय निर्वाचन क्षेत्र १ को इन्चार्जमा द्रोण पौडेल (निरज) तोकिएका छन् भने २ को इन्चार्ज नारायण बुर्जा मगर भएका छन् । अमृता राई खत्री र दिलकुमारी मगर अधिकारी संघीय निर्वाचन क्षेत्र १ सहइन्चार्ज तोकिदा २ को सहइन्चार्जमा भेषकुमारी राउत (कोपिला) र काजीमान तामाङ (जिज्ञासा) तोकिएका छन् । 

त्यसैगरी प्रदेश निर्वाचन क्षेत्रतर्फ १ (क) को इन्चार्ज रमण भट्टराई तोकिँदा (ख) को इन्चार्ज सम्झना तामाङ (योद्धा) भएकी छिन् । एवीराज राई प्रदेश २ (क) को इन्चार्ज तोकिँदा २ (ख) को ईन्चार्ज भगवति खनाल (निशा) भएकी छिन् । प्रदेश २ (क) को सहईन्चार्ज निर्मला मगरले पाएकी छिन् भने (ख) को सहईन्चार्ज पद खाली राखिएको छ ।


त्रियुगा नगर कमिटी ईन्चार्जमा बिमल राई तोकिएका छन् भने सहइन्चार्ज हुनेमा त्रियुगा नगरपालिकामा रुद्र अधिकारी, केदार दनुवार र पदम दाहाललाई जिम्मा दिइएको छ । कटारी नगर ईन्चार्ज हेम दाहालले पाएका छन् भने सहइन्चार्ज तोक्न बाँकी छ । चौडण्डीगढी नगर ईन्चार्ज सन्तोष सुवेदी (बलिदान) र सहईन्चार्ज देवनारायण चौधरीलाई दिइएको छ । बेलका नगर ईन्चार्जको जिम्मेबारीमा राकेश किरातीलाई ल्याइएको छ भने सहईन्चार्जमा बुङासरी राई र प्रशुराम कठेतलाई तोकिएको छ ।


गाउँपालिकातर्फ ताप्ली गाउँपालिका ईन्चार्जमा ढुंगराज बिक र सहईन्चार्ज प्रेम राई,  लिम्चुङवुङ गाउँ ईन्चार्ज झनक बिकलाई तोक्दा सहईन्चार्ज लिलाबहादुर परियार तोकिएका छन् । उदयपुरगढी गाउँ ईन्चार्जमा देव गिरी छानिदा सहईन्चार्ज देवी राई तोकिएका छन् । 


प्रदेश कमिटीले जिम्मेबारी तोक्न बाँकी भुगोलमा छिटै तोकिने जनाएको छ । प्रदेश परिषद, जिल्ला समन्वय र प्रदेश विभागहरुमा पनि केही संख्या मनोनयन गर्न बाँकी ठाउँहरुमा छिट्टै पूर्ति हुने जनाइएको छ । प्रदेश परिषदमा ५ जना, जिल्ला समन्वयमा १५ जना र प्रदेश विभागहरुमा २५ जना नाम थप्न बाँकी छ । जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाकार पनि थपघट हुने बताइएको छ ।