उदयपुरमा कोविडः आज १८ महिलासहित ३७ मा संक्रमण

२0७८ माघ ७ शुक्रबार
उदयपुरमा कोविडः आज १८ महिलासहित ३७ मा संक्रमण

उदयपुर

पछिल्लो चरण दु्रतगतिमा पैmलिदै गएको कोविड ओमिक्रोन भेरिएन्टले उदयपुरलाई पनि गाज्दै लगेको छ । सातादिनमा २ सयभन्दा बढीमा संक्रमण भईसकेको ओमिक्रोनले पछिल्लो २४ घण्टामा थप ३७ लाई गाँजेको छ । 


स्वास्थ्य कार्यालय उदयपुरका अनु्सार शुक्रबारको तथ्यांकमा १८ महिला र १९ पुरुषमा ओमिक्रोन देखिएको छ । यो सँगै उदपुरमा संक्रमितको संख्या २ सय ५१ पुगेको छ । जसमा महिला १ सय ९ र बाँकी संक्रमित पुरुष रहेको स्वास्थ्य कार्यालयका रिपोटिङ फोकल मनिता पौडेलले बताईन् । 


हालसम्म जिल्लाभरी ३ सय ९२ को एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोविड पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये १ सय ४१ जनामा भने कोविड देखिएको छै्रन । हालसम्म जिल्ला अस्पतालमा परीक्षण गर्नेहरुमा ३८ महिलासहित १ सय १३ मा पोजेटिभ पाइएको छ भने त्रियुगा नगरपालिकामा ३० महिलासहित ७५ जना संक्रमित छन् ।


त्यस्तै कटारीमा १५ महिलासहित ४०, चौदण्डीगढीमा ६ महिलासहित १७ र बेलकामा ९ महिलासहित २३ र उदयपुरगढीमा १ महिलामा संक्रमण देखिएको छ । रौतामाई, लिमचुङबुङ र ताप्लीमा अहिलेसम्म संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।