बसले किचेर यात्रु ठहरै

२0७८ माघ ४ मंगलवार
बसले किचेर यात्रु ठहरै

उदयपुर

बसको पछाडिको चक्काले किच्दा उदयपुरका एक स्थानीयको घट्नास्थलमै निधन भएको छ । उदयपुरगढीबाट गाईघाट आउँदै गरेको ना ३ ख ७९४४ नं. को बसबाट विहान ९ः०० बजे ओर्लने क्रममा लडेका सोही ठाउँका ५० वर्षीय कृष्णकुमार राईको बसले किच्दा निधन भएको हो । 


प्रहरीका अनुसार गाडीबाट झर्ने क्रममा लडेका उनलाई बस अघि बढ्दा किचेर तत्काल ज्यान गएको हो । प्रहरी चौकी उदयपुगढीबाट गएको टोलीले घट्नास्थल सुरक्षित गरकेो छ भने विस्तृत बुझ्न जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर कमाण्डको टोली पनि घट्नास्थल पुगेको छ । 


प्रहरीले कानुनी प्रक्रिया पुरा गरेर मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिरहेको जनाएको छ । गाडी चालक रौतामाई गाउँपालिका ७ का ४० वर्षीय राजनकुमार राउतलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए ।