व्यक्ति हत्या गरी साउदी पुगेका मगर १७ वर्षपछि पक्राउ 

२0७८ पुष ३0 शुक्रबार
व्यक्ति हत्या गरी साउदी पुगेका मगर १७ वर्षपछि पक्राउ 

उदयपुर

छोरी अर्कैं केटासँग बिहे गराईदिएको निहुमा बिबाद हुँदा एक व्यक्तिको हत्या गरेर  मागेका अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् । साविक बबला गाविस हालबेलका नगरपालिका ६ का मानबहादुर तामाङको हत्या गरेलगत्तै फरार रहेका उनी साउदीअरवबाट भर्खरै पक्राउ परेका हुन् । 


स्थानीय तामाङलाई १६ वर्षीया छोरी मनमायालाई अर्कै केटासँग बिहे गराईदिएको भन्दै छोरीका प्रेमी जयवीर राईसँग घरमै आएका गोविन्द मगरले गत ०६१ साल मंसिर १३ गते राति ८ः०० बजे बिबाद हुँदा खुकरी प्रहार गरी हत्या गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाईते भएका तामाङको उपचारको क्रममा बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४ दिनपछि अर्थात १७ गते निधन भएको थियो । 


हत्या गरी परार भएका उनको खोजी गर्दा वैदेशिक रोजागारीको क्रममा साउदीअरव पुगेका जानकारी आएपछि जिल्ला प्रहरीले इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरेको थियो । जिल्ला प्रहरीको अनुरोध अनुसार प्रहरी प्रधान कार्यालयले ०७७ माघ २७ गते मगरविरुद्ध रेडकर्नर नोटिस जारी गरेको थियो । 


सो आधारमा साउदी प्रहरीको सहयोगमा नेपालबाट गएको प्रहरी टोलीले पुस २६ गते मगरलाई पक्राउ गरी नेपाल ल्याएको जिल्ला प्रहरी प्रवक्ता एसपी सुभाषचन्द्र्र बोहराले बताए । उनका अनुसार मगरलाई नेपाल ल्याएको प्रहरी प्रमुख एसपी सुभाषभन्द्र बोहराले बताए । एसपी बोहराका अनुसार साउदीबाट ल्याइएका मगरलाई इलाका प्रहरी कार्यालय रामपुरमा राखेर थप अनुसन्धान सुरु भएको छ । 


मगरविरुद्ध उदयपुर जिल्ला अदालतबाट शुक्रबारदेखि लागू हुने गरी १० दिनको म्याद थपेर अनुसन्धान सुरु भएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन् ।