२
२0७८ पुष २६ सोमबारउदयपुर
झण्डै ३ वर्षदेखिको रस्साकस्सीपछि उदयपुरका व्यापारी व्यवसायीकाहरुको छाता संगठन त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले नेतृत्व पाएको छ । सोमबार गाईघाटमा सम्पन्न छैठौँ अधिवेशन तथा साधारणसभाले रमेश रसाईलीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
१२ सदस्यीय समिति निर्विरोध चयन भएको समितिमा प्रथम उपाध्यक्ष नबिन बस्नेत, द्वीतीय उपाध्यक्ष पर्शुराम चौधरी, महासचिव दिनेश श्रेष्ठ, सचिव रुपम अनुराग गुप्ता र कोषाध्यक्ष टीकाकुमार श्रेष्ठ छानिएका छन् ।
अविधेशनले सदस्यमा शरोज बस्नेत, दिपेन्द्र श्रेष्ठ, रुद्र बस्नेत, बैजनाथ साह, श्रवण चौधरी र हीरा साहलाई छानेको छ । उनीहरुलाई बस्तुगत तथा उद्योगतर्फबाट समितिमा प्रतिनिधित्व गराइएको हो । समितिमा अन्य सदस्य पनि थप्ने व्यवस्था रहेको जनाइएको छ ।
स्थानीय रामजानकी पाटी प्यालेसमा आयोजित अधिवेशन सकिएलगत्तै अध्यक्ष रसाईलीले व्यापारी व्यवसायीको हक अधिकारमा केन्द्रित भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । लामो समयदेखि संस्थालाई केही व्यक्तिले बन्धक बनाएर राखेकाले कुण्ठित भएको व्यापारी व्यवसायीको हक अधिकार दिलाउनेतर्फ संघ लागी पर्ने उनले बताए ।