एमाले उदयपुर अधिवेशनः अध्यक्ष र सचिवमा ३/३ जनाको दावी

२0७८ पुष २४ शनिबार
एमाले उदयपुर अधिवेशनः अध्यक्ष र सचिवमा ३/३ जनाको दावी

उदयपुर

अघिल्लो दिनदेखि गाईघाटमा जारी नेकपा (एमाले) उदयपुरको आठौँ जिल्ला अधिवेशनमा अध्यक्ष र सचिवको दावेदार बढेका छन् । उद्घाटन समारोह सकिएलगत्तै सुरु भएको बन्दशत्रले अध्यक्ष मण्डल घोषणा गरेर नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढिरहेका बेला हालसम्म अध्यक्ष र सचिवमा ३/३ जनाको दावी देखिएको छ । 


अधिवेशन सुरु हुनुअघि नै अध्यक्षको दावी प्रस्तुत गरेका युवा नेता कुशल बस्नेतले सर्वसमम्तका लागि सचिवमा सीमित हुने घोषणा गरेका छन् । पार्टी जिल्ला कमिटी सचिवालय सदस्य रहेका बस्नेतले आम कार्यकर्ता र प्रतिनिधिहको सल्लाह र माग बमोजिम सचिवमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । 


उनको यो निर्णयपछि एमालेमा अव अध्यक्ष पदका लागि प्रमेश्वर घिमिरे, कालु लामा र खड्ग परियार आकाक्षी बाँकी रहेका छन् । सचिवमा भने बस्नेतसँगै टेकबहादुर राउत र शम्भु सम्भु पौडेलको दावी रहेको छ । अधिवेशनमा सहभागी प्रतिनिधिहरुले भने सचिवमा बस्नेतलाई रुचाएको कार्यकर्ताहरुको भनाई छ । 


तत्कालीन नेकपा अध्यक्ष केपी ओलीले सउंसद बिघटन गरेपछिको अवस्थामा पार्टी दुर्इधार हुँदा समान्तर कमिटीमा उनी सचिव भएर काम गरिसकेकाले पनि उनलाई अधिवेशनले सचिवमा पदस्थापन गर्नुपर्ने प्रतिनिधिहरुको माग छ । पार्टीलाई सकट परेका बेला दुःख गरेका उनलाई अबको कार्यकालमा सचिव दिनुपर्ने राय प्रतिनिधिहरुको छ । 


पार्टीलाई एकढिक्का बनाई (एमाले)को एेतिहासिक बिधान अधिबेशनबाट पारित नीति कार्यक्रम, आम जनसमुदायसमक्ष पुर्याउन र एमालेलाई सुदृढ एकताका साथ अघि बढाउदै आगामी निर्बाचनमा उदयपुरलाई लालकिल्ला बनाउन पनि उनलाई सचिवमा बस्नेत नै हुनुपर्नेमा आम प्रतिनिधिहरुले माग गरेका छन् । 


बस्नेत पार्टीनिकट विद्यार्थी संगठन अनेरास्विबयु उदयपुरको उपाध्यक्ष, अध्यक्ष हुँदै अञ्चल सचिव, दुई कार्यकाल राष्ट्रिय परिषद सदस्य भईसकेका छन् । त्यसैगरी २०५७ देखि हालसम्म एमाले उदयपुरको जिल्ला कमिटी सदस्य, दुई कार्यकाल सचिवालय सदस्य भर्इसकेका बस्नेत एकपा एमालेको जनवर्गीय सगठन प्रेस चौतारी नेपालको जिल्ला सस्थापक सचिव, अञ्चल अध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्षसमेत भईसकेका छन् ।  


एमालेका निकै लोकप्रिय युवा नेताका रुपमा चिनिएका उनी यसअघिको प्रदेशसभा निर्वाचनमा उदयपुर १ (क) बाट टिकटसमेत  पाएका थिए । तर, उनको टिकट खोसिएर बिमल कार्कीले पाए र उनी हाल प्रदेश सांसद छन् । 


जारी अधिवेशनबाट नेतृत्व चयनमा चुनाव गर्न नदिने भन्दै पार्टी पोलिटव्युृरो सदस्य तथा जिल्ला इन्चार्ज मञ्जुकुमारी चौधरी नेतृत्वको अध्यक्ष मण्डल सर्वसम्मतको प्रयासमा छ । उनले आ प्रतिनिधिहरुको चाहना बमोजिम सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष मण्डलले प्रयास जारी राखेको बताएकी छिन् । जस अनुसार अध्यक्ष मण्डलले आईतवार ११ः०० बजेसम्मलाई बन्दशत्र स्थगन गरेको जनाएको छ ।