टिपरको ठक्करले मोटरसाईकल एकजना ठहरै

२0७८ पुष २४ शनिबार
टिपरको ठक्करले मोटरसाईकल एकजना ठहरै

उदयपुर

उदयपुरमा मोटरसाईकल र टिपर एकापसमा ठोक्किदा एकजनाको निधन भएको छ । शुक्रबार साँझ ५ः०० बजे गाईघाटबाट जलजलेतर्फ गईरहेका प्र २–०१–००३ प ८४९१ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको स १ ख ७२१ नम्बरको टिपर एकापसमा ठक्कर खाँदा मोटरसाईकलको पछाडि सवार दिलिप दुलालको निधन भएको हो । 


३१ वर्षीय दुलाल त्रियुगा नगरपालिका ५ देउरीका हुन् । दुर्घटनामा परी  दुलाल र चालक प्रभुनारायण चौधरी दुवै घाईते भएपछि उपचारका लागि बिराटनगर पठाइएको थियो । उपचारकै क्रममा दुलालको राति ९ः०० बजे निधन भएको प्रहरीले जनाएको छ । घाईते चौधरीको उपचार भईरहेको छ । 


टिपर र टफिर चालक त्रियुगा नगरपालिका ६ लालपत्ताका ३६ वर्षीय मेखबहादुर राउतलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । मृतकको शव पोष्टमार्टम भईरहेको छ भने घट्नाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।