नेपाली काँग्रेसमा ८ जना जिल्ला सदस्य मनोनित

२0७८ पुष २२ बिहीबार
नेपाली काँग्रेसमा ८ जना जिल्ला सदस्य मनोनित

उदयपुर

उदयपुर काँग्रेसमा ८ जना जिल्ला सदस्य मनोनित भएका छन् । पार्टी सभापति हिमाल कार्कीले बिहीबार जारी गरेको विज्ञप्ती अनुसार पार्टीको विधान २०१७ (संशोधन सहित)को धारा १२, उपधारा ५ (ख) २ बमोजिम नयाँ कार्यसमिति सदस्य मनोनित गरेको जनाएका छन् ।  


मनोनित हुनेमा त्रियुगा नगरपालिका १२ का महेन्द्रकुमार राई, त्रियुगा ९ की सञ्जाकुमारी दनुवार, उदयपुरगढी ५ का मदनराज कटुवाल, चौदण्डीगढी १ का विष्णुप्रसाद कोईराला, चौदण्डीगढी ८ का गडुलमान विक रहेका छन् । त्यस्तै त्रियुगा नगरपालिका ५ का मीनबहादुर मगर, कटारी नगरपालिका १० का लिला भट्टराई र कटारी ३ की रामकुमारी साह रहेका छन् । 


काँग्रेसको १४ औँ महाधिवेशनको दौरान कार्की दोस्रो कार्यकालका लागि जिल्ला सभापति जितेका हुन् । संस्थापन पक्षबाट प्यानलै चुनावमा उत्रिएका उनले सशांक कोईराला पक्षधर निवर्तमान सभापति विदुर बस्नेतको प्यानललाई पराजित गर्दै कार्यकाल दोहोर्याउन सफल भएका हुन् । 


कार्की प्रदेशसभा १ (क) बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद पनि हुन् । पछिल्लो पुनर्गठित प्रदेश मन्त्रीमण्डलमा उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत हुन् ।