भुस्याहा कुकुरले टोकेर २ बालक घाईते

२0७८ पुष २0 मंगलवार
भुस्याहा कुकुरले टोकेर २ बालक घाईते

उदयपुर

भुस्याहा कुकुरले टोकेर उदयपुरका २ बालक घाईते भएका छन् । सडकमा डुलिहिड्ने कुकुरको टोकाईबाट मंगलबार विहान त्रियुगा नगरपालिका ८ खाटमन्दिरका ५ वर्षीय र १२ वर्षीय बालक घाईते भएका हुन् । 


घरबाट स्कुल गईरहेका स्थानीइ सुपरसेन ऐकेडेमीका ५ वर्षीय सुशील बस्नेत र १२ वर्षीय सायल खत्रीलाई कुकुरले टोकेको हो । कुकुरको टोकाईबाट सायलको मुखमा र सुशीलका खुट्टामा चोट लागेको छ । 


उनीहरु दुवैको उदयपुर अस्पताल गाईघाटमा उपचार भईरहेको सायलका बाबु सम्बर खत्रीले बताएका छन् । कुकुर बौलाएको आशंका गरिएकाले खाटमन्दिर आसपासका गाउँले आतंकित भएका छन् । 


बहुलाएको कुकुर हो भने अन्य अन्य कुकुरलाई पनि टोकेको हुनसक्ने भन्दै भुस्याहा कुकुरलाई नियन्त्रण गर्न स्थानीयले नगरपालिकासँग आग्रह गरेका छन् ।