एमाले लेवीः सदस्यलाई २० रुपैँया, जनप्रतिनिधिलाई एक महिनाको पारिश्रमिक 

२0७८ पुष १६ शुक्रबार
एमाले लेवीः सदस्यलाई २० रुपैँया, जनप्रतिनिधिलाई एक महिनाको पारिश्रमिक 

उदयपुर

नेकपा (एमाले) उदयपुरले संगठित सदस्यलाई २० रुपैँया लेवी तोकेको छ । आउँदो २२ देखि २५ गतेसम्म गाईघाटमा हुन गईरहेको आठौं जिल्ला अधिवेशनको खर्च जुटाउन संंगठित सदस्यदेखि अधिवेशन प्रतिनिधि हुँदै पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मलाई लेवी तोकेको छ । 


पार्टी जिल्ला कमिटीले जनप्रतिनिधिलाई खाईपाई आएको एक महिना बराबरको मासिक पारिश्रमिक लेवीवापत बुझाउनुपर्ने छ भने अधिवेशन प्रतिनिधिलाई जनही १ हजार तथा संगठित सदस्यले २० रुपैंँया बुझाउनुपर्ने श्क्रबार प्रेस चौतारी उदयपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 


पत्रकार सम्मेलनमा अध्यक्ष इश्वरमणि राउतले संगठित सस्यलाई ‘२० रुपैँया अभियान’ थालेको जानकारी दिए । उनका अनुसार अधिवेशनको खर्च व्यवस्थापन गर्न नेता कार्यकर्तालाई लेवी तोक्ने निर्णय गरिएको हो । उनले संगठित सदस्य, अधिवेशन प्रतिनिधि र स्थानीय जनप्रतिनिधिलाई अधिवेशनका लागि दायित्व तोकिएको र यसले अधिवशेन खर्च व्यवस्थापन गर्न सहयोग पुग्ने बताए । 


अधिवेशन, सभा, सम्मेलनजस्ता पार्टीको गतिबिधि नियमित गर्नुपर्ने र यसका लागि खर्च जुटाउन चन्दा माग्नुपर्ने बाध्यताको अन्त्य गर्न यो तरिका अपनाइएको उनले बताए । यो अभियानले कार्यक्रमको खर्च व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा पार्र्टीको छ । २० रुपैँयाले सदस्यलाई आर्थिक भार नपर्ने र पार्टीप्रति अपनत्व पनिब हुने उनले बताए ।


उदयपुरमा ८ हजार ४ सय ४५ जना संगठित सदस्य रहेको एमालले जनाएको छ । जस अनुृसार संगठित सदस्यबाट २० रुपैँयाका दरले पनि १ लाख ६८ हजार ९ सय रुपैँया संकलन हुनेछ । ८ वटै स्थानीयतहबाट सहभागी हुने ७ सय अधिवेशन प्रतिनिधिले प्रतिव्यक्ति १ हजार रुपैँयाका दरले बुझाउँदा ७ लाख संकलन हुने अध्यक्ष राउतले बताए । 


स्थानीयतहमा निर्वाचित एमाले जनप्रतिनिधिलाई तोकिएको एक महिनाको पारिश्रमिक छुट्टै आम्दानी हुने पार्टीले जनाएको छ । यी तीनै तहबाट लेबी उठाउन जिल्ला कमिटीले निर्णय गरेर सर्कुलर गरेको छ । उदयपुुरमा एमालेबाट एकजना समानुपातिकसहित ३ प्रदेश सांसद छन् भने जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख र ७ सदस्य छन् ।


त्यस्तै ३ जना नगरप्रमुख, २ उपप्रमुख, २ गाउँपालिका अध्यक्ष, ३ उपाध्यक्ष छन् भने ७५ वडामा २६ वडाध्यक्षसहित १ सय ६९ जना कार्यपालिका सदस्य र वडा सदस्य निर्वाचित छन् । उनीहरुबाट एक महिना बराबरको पारिश्रमिक रकम लिँदा आर्थिक बोझ धेरै हसज हुने अनुमान पार्टीले गरेको छ । अधिवेशनमा ८ देखि १० लाख रुपैँया खर्च हुने अनुमान पार्टीले गरेको प्रेस चौतारी उदयपुरका अध्यक्ष गणेश उप्रेतीले बताए ।  । 


अधिवेशनको लोगो सार्वजनिक 

 

 

एमालेले आसन्न अधिवेशनको लोगो पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । केन्द्र्रीय सदस्यद्वय मञ्जुकुमारी चौधरी र अम्बिका थापा तथा अध्यक्ष राउतलगायत नेताहरुले सामुहिक रुपमा लोगो सार्वजनिक गरे । लोगोमा पार्टीको चुनावचिन्ह, मजदुर किसानको संकेत चिन्ह हसिया हथौडा र जिल्लाको भौगोलिक अवस्था, प्राकृतिक सम्पदा र ऐतिहासिक धरोहर अंकित छ ।