उदयपुर सिमेन्टका जिएम कोविडमुक्त

२0७८ पुष १४ बुधबार
उदयपुर सिमेन्टका जिएम कोविडमुक्त

उदयपुर

दुईसाताअघि कोविड संक्रमण भएर उपचाररत उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेका महाप्रबन्धक (जिएम) गोपीकृष्ण न्यौपाने संक्रमणमुक्त भएका छन् । कोविड संक्रमण भएपछि उनी दुईसातादेखि काठमाडौंस्थित सशस्त्र प्रहरी बल (एपिएफ) अस्पतालको आईसोलेसनमा उपचाररत थिए । 


सुरुमा रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गर्दा कोविड संक्रमण पुष्टि भएपछि उनी उपचाररत थिए । उनको पछिल्लो रिपोर्ट आएपछि मंगलबारदेखि संक्रमणमुक्त भएको अस्पताललाई उद्धृत गर्दै उद्योग प्रशासनले जनाएको छ  । संक्रमणमुक्त भएको रिपोर्ट आए पनि न्यौपानेलाई पूर्ण आराम भने हुन बाँकी रहेको उद्योगले जनाएको छ । 


उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलका अनु्सार न्यौपानेको पछिल्लो रिपोर्टले कोविडमुक्त देखाए पनि उनको स्वास्थ्य अवस्था पूर्णरुपमा सुधार भईसकेको छैन । पूर्ण निको नर्भसकेकाले केहीदिन अझै अस्पतालमै बसेर काममा फर्कने पोखरेलले बताए । 


जिएम न्यौपानेले पनि आफु संक्रमणमुक्त भएको तर, पूर्ण निको नभईसकेको बताएका छन् । अस्पतालमै रहेका न्यौपानेले मंगलबार नै पिसिआर रिपोर्टमा नेगेटिभ देखिएको तर, अझै केहीदिन आराम गर्नुपर्ने डा. हरुको सल्लाह रहेको बताए ।