टिपरमा ठक्कर खाए मोटरसाईकल चालक ठहरै 

२0७८ पुष १२ सोमबार
टिपरमा ठक्कर खाए मोटरसाईकल चालक ठहरै 

उदयपुर

मालबाहक टिपरमा ठक्कर आएको मोटरसाईकलका चालकको आईतबार विहान घट्नास्थलमै निधन भएको छ । चौदण्डीडढी नगरपालिका ५ सुन्दरपुरको भित्रि सडकमा विहान ९ः०० बजे स १० प ८७९८ नं. को टिपरमा ठक्कर खादा मोटरसाईकल चालक त्रियुगा नगरपालिका १ का २५ वर्षीय गंगाराम चौधरीको निधन भएको हो । 


प्रदेश १–०२–००१ को मोटरसाईकलले ओभरटेक गर्ने क्रममा टिपरसँग ठक्क खान पुग्दा चालक चौधरीको ज्यान गएको हो । दर्घटनामा परी मोटरसाईकलको पछाडि सवार चालककै श्रीमति २४ वर्षीय संगीता चौधरी पनि घाईते भएकी छिन् । 


घाईते चौधरीको सप्तरीको फत्तेपुर अस्पतालमा उपचार भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । प्रहरीका अनुसार टिपर चालक सुनसरी हरिपुर गाउँपालिका ८ का सुनिल दाहाल नियन्त्रणमा परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय बेलटारमा राखेर अनुसन्धान अघि बढाएको छ ।