माघ पहिलो सातादेखि इटहरी गोल्डकप

२0७८ पुष १0 शनिबार
माघ पहिलो सातादेखि इटहरी गोल्डकप

उदयपुर

सुनसरीको व्यापारिक केन्द्र इटहरीमा माघ पहिलो सातादेखि गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । ‘इटहरी गोल्डकप प्रतियोगिता ०७८’मा बिभिन्न नगर तथा उपमहानगर महानगरपालिकाका खेलाडीको सहभागिता रहने आयोजक एरिना टेलिभिजन इटहरीले जनाएको छ । 


आयोजक टेलिभिजनका प्रवन्ध निर्देशक समीर कार्कीका अनुसार स्थानीय जनता माविको प्रांगणमा हुने प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख ५० हजार नगद र ट्रफि हुनेछ । त्यस्तै उपविजेतालाई १ लाख नगद र सिल्ड प्रदान गरिने कार्कीले बताए । 


्कोविड कहरका कारण विगत दुईवर्षयता खेलकुदक्षेत्र नराम्ररी सुस्ताएपछि कुनै पनि गोल्डकप हुन पाएको छैन । यसवर्ष कोविडको जोखिम केही कम भएको पाइएपछि प्रतियोगितालाई निरन्तरता दिन लागिएको उनले बताए । 


प्रतियोगितामा कुन कुन नगरको सहभागिता हुने भन्नेबारे अहिले नै यकिन भईसकेको छैन । अहिलेसम्म सहभागिताका लागि ८ वटा नगरपालिकाबाट खवर आएको तर, कति टीम हुन्छन् भन्ने यकिन भने अझै नभईसकेको कार्कीले बताए ।