माआबोदी केन्द्र प्रदेश १ को अध्यक्षमा नेम्बाङ

२0७८ पुष ८ बिहीबार
माआबोदी केन्द्र प्रदेश १ को अध्यक्षमा नेम्बाङ

गत मंसिर २५ र २६ गते सम्पन्न नेकपा (माओबादी केन्द्र) को १ नंं. प्रदेश अधिवेशनले भर्खर पूर्णता पाएको छ । अधिवेशनले २ सय ५९ जनाको प्रदेश कमिटी सर्वसम्मत गठन गरे पनि चयन हुन बाँकी पदाधिकारीको बुधबार सम्पन्न निर्वाचन प्रक्रियामार्फत टुंगो लागेको हो । 


कमिटी अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी भएका छन्। अर्का उम्मेदवार मुक्साहाङ मेयाङ्बोलाई हराउँदै नेम्वाङले अध्यक्षमा बाजी मारेका हुन् । अर्थमन्त्री जर्नादन शर्माका स्वकीय सचिवसमेत रहेका उनले १ सय ६९ मत पाउँदा मेन्याङ्बोले ६४ मत लिएका थिए भने ७ मत बदर भएको थियो। 


३ उपाध्यक्ष जित्ने देवान चामलिङ, शिवकुमार डाँगी र मिणकुमार साम्पाङ छन् । चामलिङलाई १ सय २०, डाँगीलाई १ सय १३ र साम्पाङलाई १ सय ११ मत परेको थियो । त्यसैगरी १ सय ४८ मत पाएर गणेश उप्रेती सचिव जितेका छन् । उपाध्यक्षका प्रत्यासीहरु भोगेन्द्रप्रसाद यादव, पुरुषोत्तम चुँडाल, उर्मिला तामाङ, इन्दिरा मिश्र र मोहनबहादुर खत्रीलाई पराजित गर्दै उनीहरु विजयी भएका हुन् ।


३ जना सहसचिवका लागि १३ जनाको प्रतिस्पर्धामा कुमारी राई १ सय १४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ मत पाएर विजयी भए । उनीहरुले प्रत्यासीहरु राजु आचार्य, सन्तोष थारु, हर्क लावती, निशान्त शर्मा, विजय प्रकाश बनेम, ठमनाथ पराजुली, कृष्ण जिमी, दिलकुमार राई र तेजमान कन्दङ्वााई पराजित गरेर सहसचिव जितेका हुन् । 


चु्नावमा ९३ मत पाएर कोषाध्यक्षमा रेवतराज पुरी छानिएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरिन् । कोषाध्यक्षमा अन्य उम्मेदवारहरु मदनकुमार चुँडाल र रामकुमार कार्की थिए।


९ सदस्यी पदाधिकारीका लागि २९ जनाको उम्मेदवारी परेको निर्वाचनमा २ सय ४० जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । चुनावमा १९ मत कम परेको थियो ।