फरार अभियुक्त घरैबाट पक्राउ

२0७८ पुष ६ मंगलवार
फरार अभियुक्त घरैबाट पक्राउ

उदयपुर

वन मुद्धामा फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । जिल्ला अदालतबाट ४ वर्षअघि दोषी करार गर्दै साढे ३५ लाख बिगो र कैद सयाजको फैसला सुनाए पनि भाग्दै आउका उदयपुरगढी गाउँपालिका ६ का ५८ वर्षीय भक्तबहादुर खड्कालाई प्रहरीले सोमबार पक्राउ गरेको हो् ।

 
खड्कालाई जिल्ला अदालत उदयपुरको ०७४ फागुन १५ गते दोषी प्रमाणित गर्दै ३५ लाख ४२ हजार २ सय ४५ रुपैँया जरिवाना र १ महिना कैदको सजाय सुनाएको थियो । अदालतको फैसला अनु्सार दोषी ठहर भए पनि फरार रहेका उनलाई विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले घरबाटै नियन्त्रणमा लिएको हो । 


आपराधिक गतिबिधिमा संलग्न भई अदालतबाट दोषी करार भए पनि फरार रहेकाहरुलाई खोजीखोजी पक्रन गृहमन्त्रालयबाट आएको आदेश अनुृसार खोजी गर्ने क्रममा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले बताए ।

 
सोमबार विहान पक्राउ परेका उनलाई दिउँसो सजाय भुक्तानका लागि जिल्ला अदालतमा बुझाइएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले बताएका छन् ।