त्रियुगा खानेपानीमा को बन्ला अध्यक्ष ?

२0७८ पुष १ बिहीबार
त्रियुगा खानेपानीमा को बन्ला अध्यक्ष ?

उदयपुर

आउँदो ४ गते हुने त्रियुगा सानासहरी खानेपानी उपभोक्ता समिति (संस्था) को अध्यक्ष को बन्ने भन्ने विषयले अहिले गाईघाटमा चर्चा पाएको छ । अधिवेशन आउनुभन्दा धेरै दिनअघिदेखि अध्यक्षका लागि प्रत्यासीहरुले प्रचार अभियानसमेत थालिसकेको अवस्थामा को बन्ला अध्यक्ष भन्ने विषयले चासो पनि पाएको छ । 


पुस ४ गते संस्थाको १३ औं साधारणसभा तथा अधिवेशन हुन लागेको बेला हालका कार्यबाहक अध्यक्ष ओम खड्कालगायत अन्य आधादर्जनले अध्यक्षमा दावी गरिरहेका छन् । यसअघिको अधिवेशनबाट अध्यक्ष छानिएका शंकरबहादुर बस्नेत पनि अध्यक्ष्ँको दावेदार रहेको तर, उनले छुट्टै समानान्तर समिति गठन गरी गत असोजमै अधिवेशन गराएको उपभोक्ताको भनाई छ । 


अलग्गै अधिवेशन गराएर आप्mनै अध्यक्षतामा नयाँ कार्यसमितिको गठनसमेत गरेका उनले यो अधिवेशनमा उम्मेदवारी दिने नदिने भन्ने यकिन जानकारी समितिमा नआएको खड्काले बताए । उनले आफु भने निबिकल्प अध्यक्षको दावेदार रहेको बताए । 


गत ०७३ साल वैशाख १८ गते सम्पन्न १२ औं साधारणसभाबाट बस्नेत अध्यक्ष भएका थिए भने खड्का उपाध्यक्षमा निर्वाचित भएका हुन् । तर, अध्यक्ष बस्नेत निकै लामो समय कार्यालय नआएपछि संस्थाको बिधान अनुसार उनलाई हटाएर खड्कालाई कार्यवाहक अध्यक्ष बनाइएको थियो । 


सो निर्णयप्रति असन्तुष्टि जनाउँदै बस्नेले उच्च अदालतमा दिएको मुद्धाउपर ०७४ भदौ २९ गतेको फैसला अनुसार बस्नेतलाई अध्यक्षबाट हटाएर खड्कालाई कावा अध्यक्ष तोकिएको थियो । त्यसयता अहिलेसम्म खड्काले संस्था सम्हाल्दै आएका छन् । 


कावा अध्यक्ष खड्का आफु निबिकल्प अध्यक्षको उम्मेदवार हुने बताउँदैछन् । अघिल्ला कार्यकालमा अस्तव्यस्त भएको संस्थालाई ५ वर्ष अनवरत नेतृत्व दिएर व्यवस्थित बनाएको हुनाले आफु अध्यक्षको प्रमुख दावेदार रहेको खड्काले बताए । 
उनले अघिल्लो कार्यसमितिले नगर विकास कोषमार्फत लिएको एसियाली विकास बैंक (एडिबी) को ३ करोड १६ लाख ऋणको स्वाँवाव्याज ६ करोड पुगिसक्दा पनि नतिरेकोमा आफु नेतृत्वको समितिले नियमित तिर्दैै आएको बताए । 


अघिल्लो कार्यसमितिले ०६६ जेठ २ गते सम्झौता गरेर लिएको ऋण नबुझाउँदा बढेर ६ करोड नाघेको बताउँदै उनले आफु कार्यवाहक अध्यक्ष भएपछि नियमित साँवाव्याज बुझाउँदै हालसम्म १ करोड ५० लाख बुझाईसकेको बताए । उनका अनुसार अव ४ करोड ५० लाख मात्र ऋण तिर्न बाँकी छ । 


समितिकै सचिव सन्तोष खड्काले पनि आफु अध्यक्षको दावेदार भएको बताएका छन् । टाट पल्टिसकेको संस्थालाई नयाँ जीवन दिदै व्यवस्थित बनाउने काम आफुहरुले गरेकाले अध्यक्षमा दावी स्वभाविक रहेको उनले बताए । अरु जो जो अध्यक्षमा उठे पनि आफु पनि चुनावी प्रतिस्पर्धामा जाने उनको उदुघोष छ । 


सदरमुकामबासीलाई सुद्ध खानेपानी उपलब्ध गराउने लक्षका साथ ०५३ सालदेखि सुरु खानेपानी योजनामा हाल २ हजार ६ सय हाराहारी ग्राहक पुगेका छन् । त्रियुगा नगरपालिकाका १०, ९, ११ र १२ नं. वडाबासीइलाई योजनाले खानेपानी उपलब्ध गराउँदै आएको छ । त्यसबाहेक सरकारी कार्यालय, संघसंस्था, मठमन्दिर र निजी उद्योग व्यवसायीलाई पनि खानेपानी सुविधा संस्थाले दिदै आएको छ । 

 

संस्थाका कोषाध्यक्ष किरण पाण्डेले खानेपानी सुविधा ग्राहकलाई सहज र सुलभ तरिकाले उपलब्ध गराउँदै आएको बताएका छन् । पाण्डेका अनुसार हाल संस्थाले महसुल संकलन गर्न बैंकिङ प्रणाली र कार्यालयमै पुगेर बुझाउने व्यवस्था मिलाएको छ । उनले एडिबीको किस्ता नियमित तिरेर पनि हाल संस्थामा २५ लाख हाराहारी रकम मौज्दात रहेको बताएका छन् । उनका अनुसार गतवर्षको कोविड कहरमा ३ महिनाको खानेपानी महसुल मिनाहासमेत गरिएको छ ।