सिराहाका अभियुक्त उदयपुरबाट पक्राउ

२0७८ मंसिर २९ बुधबार
सिराहाका अभियुक्त उदयपुरबाट पक्राउ

उदयपुर

छिमेकी जिल्ला सिराहाका स्थायी बासिन्दा लागूऔषध कारोबारका अभियुक्तलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । ४ वर्षअघि नै लागूऔषध अभियोगमा सजायको फैसला भईसके पनि फरार रहेका मिर्चया नगरपालिका ६ का ३२ वर्षीय रोशन भन्त्ने सरोज पञ्जियार सोमबार साँझ पक्राउ परेका हुन् । 


उनलाई जिल्ला अदालत उदयपुरले गत ०७४ जेठ ३० गते दुईवर्ष कैद र एकलाख रुपैँया जरिवानाको फैसला सुनाएको थियो । प्रहरी नजरबाट भाग्दै आएका उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले मिर्चयाको कटारी चोकबाट नियन्त्रणमा लिएको हो । 


सिराहा घर भए पनि उदयपुरमा आपराधिक गतिबिधि गरेका पञ्जियारलाई गोप्य सुराकीका आधारमा टोली खटेर पक्रन सफल भएको जिल्ला प्रहरी निरीक्षक मोहन थापाले बताए । 


पञ्जियारलाई मंगलबार दिउँसो फैसला कार्यान्वयन गर्न जिल्ला अदालतमा बुझाइएको इन्सपेक्टर थापाले बताए ।