२४ किलो गाँजा बरामद

२0७८ मंसिर २८ मंगलवार
२४ किलो गाँजा बरामद

उदयपुर

कटारीमा २४ किलो गाँजा बेवारिसे अवस्थामा फेला परेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटेको गस्ती टोलीले अघिल्लो साँझ खोला किनारमा लडिरहेको बोरा खोलेर हेर्दा गाँजा भरिएको अवस्थामा भेटेको जनाएको छ । 


इप्रकाका प्रहरी नायव निरीक्षक (सई) कमाण्डमा रहेको गस्तीले वैजनाथ र तावा खोला दोभानमा भेटेको २४ किलो गाँजा बरामद गरेर इप्रका कटारीमा राखेको जिल्ला प्रहरीले जनाएको छ । 


गाँजा कस्ले छाडेको भन्ने अहिलेसम्म केही खुलेको छैन । प्रहरीका अनुसार अवैध गाँजा कारोबार गर्ने समूहले मुलबाटो छलेर चोरबाटो ओसारपसार गर्ने क्रममा प्रहरी देखेपछि फ्याँकेर भागेको हुनसक्ने अनुमान छ । 

छिमेकी जिल्ला सिराहा र कटारीबीचको चुरे जंगलको चोरबाटो भएर यसअघि पनि पटकपटक अवैध गाँजा ओसारपसार हुने गरेको प्रहरी भनाई छ ।