माओबादी प्रदेश १ मा उदयपुरबाट २१ नेता

२0७८ मंसिर २७ सोमबार
माओबादी प्रदेश १ मा उदयपुरबाट २१ नेता

उदयपुर

नेकपा (माओबादी केन्द्र)को १ नं. प्रदेशको ‘ऐतिहासिक प्रथम अधिवेशन’ले नयाँ कमिटीको सर्वसम्मत गठन गरेको छ । आईतबार उद्घाटन भएको अधिवेशनको बन्दशत्रले सोमबार विहानसम्म लगाएर २ सय ५९ सदस्यीय प्रदेश कमिटीको सर्वसम्मत गठन गरेको हो । 


नवगठित कमिटीमा उदयपुरबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका यसअघिको प्रदेश कमिटी अध्यक्ष सुरेशकुमार राई (हिमाल) र प्रदेश सांसद नारायण बुर्जामगरसहित २१ जना समेटिएका छन् । अन्य सदस्यहरुमा संविधानसभा सदस्यत्रय मोहन खत्री (दिपक), मणि खम्बु (रिवासी) र भेषकुमारी राउत (कोपिला), राजन किराती (बासु), भीम अधिकारी (अनिल), बिनोद कटुवाल (दिवस), सम्झना पाख्रीन (योद्धा) काजीमान तामाङ (जिज्ञासा) र द्रोण पौडेल (निरज) छानिएका छन् । 


त्यस्तै दिलकुमारी मगर (चेतना), भगवति खनाल (निशा), अमृता राई, केपी बराल, निर्मला मगर, ढुंगराज बिक, झनक बिक, एबिराज राई, बिमल किराती र रमण भट्टराई पनि सदस्य छानिएको प्रदेश सदस्य तथा उदयपुर सहइन्चार्ज राजन किराती (बासु)ले बताए । 


मणि खम्बु, सम्झना पाख्रीन र दिलकुमारी मगर महिलाबाट, ढुंगराज विक र झनक बिक दलितबाट तथा बिनोद कटुवाल र एबीराज राई युवाबाट समेटिएका हुन् भने बाँकी खुल्लाबाट सदस्य परेका हुन् । 


नवगठित कमिटीका सदस्यलाई पार्टी प्रदेश इन्चार्ज सुरेन्द्र कार्की (पार्थ)ले सोमबारै सपथ गराईसकेका छन् । सपथ लिए पनि कमिटीको पदाधिकारी चयन भने हुन सकेको छैन । पदाधिकारी चयनमा पनि सर्वसम्मत गर्ने प्रयास भईरहेकाले केही समय लाग्नसक्ने पार्टी स्रोतले जनाएको छ । 


कमिटी गठनजस्तै पदाधिकारी चयनमा पनि सर्वसम्मत गर्ने प्रयास भईरहेकाले केही समय लाग्नसक्ने पार्टी स्रोतले जनाएको छ ।