लिमचुङब्ङ राहत शिक्षक संघ अध्यक्षमा पुन्न

२0७८ मंसिर २६ आईतवार
लिमचुङब्ङ राहत शिक्षक संघ अध्यक्षमा पुन्न

उदयपुर

लिमचुङबुङ गाउँपालिकास्तरीय राहत शिक्षक समितिको अध्यक्षमा पुन्नबहादुर खत्री छानिएका छन् । गाउँपालिकाका बिभिन्न विद्यालयमा कार्यरत राहत शिक्षकहरुको शनिबार सम्पन्न अधिवेशनले ९ सदस्यीय समितिको निर्माण गरेको हो । 


ताप्ली ५ स्थित मावि कटहरेका प्रधानाध्यापक तथा राहत शिक्षक समिति उदयपुरका उपाध्यक्ष रोहित सिंह ठकुरीको प्रमुख आतिथ्यमा सम्पन्न समितिको अधिवेशनले ३ उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र बाँकी सदस्य निर्बिरोध चयन गरेको छ । समितिका लिमचुङबुङ अध्यक्ष शिबराम राईको अध्यक्षतामा सम्पन्न अधिबेशनबाट छानिने उपाध्यक्षहरुमा धर्मनाथ यादव, कविता राई र धनाकुमारी कार्की छन् । 


त्यस्तै सचिव चन्द्रकुमार राई, सहसचिव राजन राउत र कोषाध्यक्षमा सिबिका राई छानिएका छन् । त्यसैगरी सदस्यमा मणिचन्द्र राई र सोनिया लिम्बुलाई छानेको नव गठित समितिका सचिव चन्द्रकुमार राईले बताए । अविधेशनले समितिलाई आगामी दिनमा उर्जाशिल र चलायमान बनाउँदै राहत शिक्षकहरुको हकअधिकारको पैरवी गर्ने तथा गुणस्तरीय शिक्षामा जोड दिन सरोकारपक्षको ध्यानाकर्षण गराउँदै अघि बढ्ने नीति पारित गरेको छ ।