मोटरसाईकलको ठक्करले बृद्ध ठहरै

२0७८ मंसिर २२ बुधबार
मोटरसाईकलको ठक्करले बृद्ध ठहरै

उदयपुर

मंगलबार राति मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते भएका यहाँका एक बृद्धको बुधबार विहान निधन भएको छ । असारीदेखि गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प ३५९२ नं. को मोटरसाईलले मदन भण्डारी लोकमार्गको बेलटारगाईघाट खण्डमा पर्ने त्रियुगा नगरपालिका ११ पुरानो गाईघाट (पिजी) चोकमा लागेको ठक्करले घाईते सोही वडाका कर्ण सुन्दासको ज्यान गएको हो । 


राति ८ः०० बजे मोटरसाईकलले दिएको ठक्करबाट गम्भीर घाईते ७१ वर्षीय सुन्दासको उपचारको क्रममा बिराटनगरमा बुधबार विहान निधन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अुनसार दुर्घटनामा परी अनुहार र दाहिने हातमा गहिरो चोट लागेका सुन्दासलाई तत्काल जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि बिराटनगर रिफर गरिएको थियो । 


उनको उपचार गर्दागर्दै बुधबार विहान ३ः०० बजे निधन भएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए । मृतकको शव पोष्टमार्टम गरी अन्त्यष्ठिका लागि आफन्तको जिम्मा लगाईसकिएको छ । मोटरसाईकल चालक त्रियुगा नगरपालिका १३ असारी राईचोकका २९ वर्षीय वीरेन राई र मोटरसाईलाई नियन्त्रणमा राखेर अनुसन्धान सुरु भएको छ ।