२
२0७८ मंसिर ८ बुधबारगाईघाट
सवारी साधनको अनुमपतिपत्र (लाईसेन्स) बितरणको काम उदयपुृरबाट औपचारिक रुपमा सुरु भएको छ । सरकारबाट अधिकार पाएको सातादिनभित्रै यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले बुधबार ट्रायल (प्रयोगात्मक) परीक्षा लिएको हो ।
जिल्लाबाट पहिलोपटक लिइएको लाईसेन्सको प्रयोगात्मक परीक्षामा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी अनुमतिपत्र लिनका लागि परीक्षार्थी सहभागिता रहेको यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले जनाएको छ । त्रियुगा नगरपालिका ९ गहिरुनमा निर्मित ट्रायल सेन्टर र प्रयोगात्मक परीक्षाको प्रदेश १ का भौतिक तथा यातायात व्यवस्थामन्त्री हिमाल कार्कीले सिठ्ठी फुकेर संयृुक्तरुपमा उद्घाटन गरेका थिए ।
उदुघाटन कार्यक्रममा बोल्दै मन्त्री कर्कीले १ नं. प्रदेशका सेवाग्राहीले लाईसेन्स लिनका लागि २ नं. प्रदेशको लाहान धाउनुपर्ने बाध्यताको गठबन्धन सरकारले अन्त्य गरेको बताए । उनले बर्तमान प्रदेश सरकारले सकेसम्म जनमुखी र राम्रा कार्यक्रम गर्ने बताउँदै नसके नराम्रा काम गर्दै नगर्ने प्रतिबद्धता जनाए ।
ट्रायल सेन्टरको अनुगमन निरीक्षणसमेत गरेका मन्त्री कार्कीले सहज, सुलभ र छिटो छरितो किसिमले सेवा प्रवाह गर्न कार्यालयलाई निर्देशनसमेत दिएका थिए । सेवा प्रभावित हुन नदिन आवश्यक स्रोतसाधनको व्यवस्थापनमा आफु लागी पर्ने बचन उनले दिएका थिए ।
कार्यक्रममा प्रदेश सांसदहरु विमल कार्की, अम्बिका थापा र सुनिता चौधरीले पनि जिल्लाबाटै लाईसेन्स बितरण सुरु गर्न थालेकोमा खुसी व्यक्त गरेका थिए । यातायात व्यवस्था निर्देशनालय इटहरीका निर्देशक भीमप्रसाद गौतम, राजनीतिक दलका प्रमखु तथा प्रतिनिधि र प्रमुख जिल्ला अधिकारी वीरेन्द्रप्रसाद यादवलगायत सुरक्षा निकाय प्रमुखहरुको पनि कार्यक्रमा सहभािगता थियो ।
यातायात सेवा कार्यालयका प्रमुख सुभाषजंग कार्कीले विभागबाट लाईसेन्स बितरणको अधिकार पाएलगत्तै ५ दिनअघि लिइएको लिखित परीक्षा उत्तिर्ण गर्नेलाई प्रयोगात्मक परीक्षामा सहभागी गराइएको बताए । उनका अनुसार बुधबारको प्रयोगात्मकमा झण्डै अढाईसय परीक्षार्थीले भाग लिएका छन् । जसमा अधिकतर दुईपाङ्ग्रेको नयाँ लाईसेन्सका आवेदक छन् भने पुराना र स्तरबृद्धिका आवेदकहरु पनि छन् ।
०७२ देखि सञ्चालनमा आएको कार्यालयले यसअघि लाईसेन्स बितरणबाहेक बाँकी सबै काम गर्दै आएको थियो । जस अन्तरगर्त सवारी रुट बितरण, सवारी दर्ता र अभिलेखीकरण, नवीकरण, नामसारीलगायत सबै काम हुँदै आएको थियो ।