७५ मध्ये ७० वडामा माओबादी अधिवेशन 

२0७८ मंसिर ४ शनिबार
७५ मध्ये ७० वडामा माओबादी अधिवेशन 

उदयपुर

शनिबार एकैदिन उदयपुरका ७० वडामा सत्तारुढ दल नेकपा (माओबादी केन्द्र) को अधिवेशन भईरहेको छ । देशभरी एकैदिन वडा अधिवेशन गर्ने पार्टी निर्देशन अनुसार उदयपुरका ७५ वटै वडामा अधिवेशन गर्ने तयारी गरिए पनि प्राविधिक कारणले ५ वटामा भने आईतबार गर्नुपर्ने भएको छ ।  


पार्टी जिल्ला समन्वय कमिटी अध्यक्ष विनोद कटुवालका अनुसार शनिबार सबै वडामा एकैदिन अविधेशन गर्ने तय भए पनि प्राविधिक कारणले ५ वटा वडामा र गर्ने तय भएको छ । बाँकी ७० वटा वडामा भने विहानदेखि धमाधम अविधेशन चलिरहेको उनले बताए । 


५ वटाबाहेक जिल्लाका सबै वडामा अविधेशन भईरहेको र कतिपयमा सर्वसम्मत नेतृत्व चयन भईसकेको खवर आएको अध्यक्ष कटुवालले बताए । कटारी नगरपालिकाको २ र  त्रियुगाका ४ वटा वडामा आईतबार गर्नेगरी अविधेशन स्थगित गरिएको उनले बताए । 


यता त्रियुगा नगरपालिकाका १६ मध्ये १, ७, ९ र १३ नं वडा(अधिवेशन चलिरहेको छ । अधिवेशनले कमिटी गठनको जानकारी भने सबै आईनसकेको त्रियुगा नगर कमिटी सचिव गीता खड्काले बताइन् । उनका अनुसार रातिसम्ममा सबै वडाको कमिटी टुंगो लागिसक्ने अनुमान गरिएको छ । 


सदरमुकाम भएकाले सबभन्दा महत्वपूर्र्ण मानिने त्रियुगा नगरपालिका ११ नंं वडाको अधिवेशन साँर्झै सम्पन्न भएको छ । अधिवशेनले आयोजक कमिटीकै संयोजक. रहेका शिवकुमार खड्काको अध्यक्षतामा २९ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । निर्वाचन समिति संयोजक भोटराज राईका अनुसार उपाध्यक्षमा राम बराईली, सचिव सोनामसिंह दनुवार, सहसचिव मनिषा राई र कोषाध्यक्षमा बिमला बस्नेत छानिएका छन् । 


अधिवेशनले ९ जना नगर प्रतिनिधि र पुराना बामपन्थी विश्वेश्वर राईको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार कमिटी पनि गठन गरेको छ । त्यस्तै २ जना जेष्ठ नागरिक प्रतिनिधिको पनि चयन गरेको पार्टीले जनाएको छ । 


उता लिमचुङबुङ गाउँपालिका ४ बलम्तामा सम्पन्न.अधिवेशनले गणेश राईको नेतृत्वमा सर्वसम्मत कमिटी चयन गरेको पार्टीका गाउँपालिका अध्यक्ष होम किरातीले बताए । उनका अनुसार अन्य वडाहरु १ नंं. बाँसबोटे, २ ताम्लिछा, ३ बाराहा र ५ जाँतेमा अधिवेशन चलिरहेको छ । गाउँ पार्टी सचिव झनक विकका अनुसार लिमचुङबुङका सबै वडाको कमिटी चयनको नतिजा विहानसम्ममा आईसक्ने अनुमान गरिएको छ ।


५ नं. वडा जाँतेमा भने अध्यक्षका आकांक्षी आधादर्जन बढी देखिएपछि नेतृत्व चयन हुन ढिला भईरहेको छ । गाउँपालिका कमिटी सदस्य दिनेश राईका अनुसार त्यहाँ ८ जनाले अध्यक्षमा दावी गरिरहेका छन् । 


अन्य गाउँपालिकाहरु उदयपुरगढीका ८ वडामध्ये ६ बाहेक सबैमा कमिटी सर्वसम्मत गठन भईसकेको छ । रौताका ८, ताप्लीका ५ वडामा पनि अधिवेशन चलिरहेको खवर प्राप्त भएको छ । कटारी नगरपालिकाका १४ मध्ये १३ वडाको अधिवेशन चलिरहेको र कमिटी चयनको नतिजा आउन बाँकी रहेको छ । चौदण्डीगढीका १० तथा बेलका नगरपालिकाका ९ वटा सबै वडामा अधिवेशन चलिरहेको छ । सबैको नतिजा थाहा पाउन भने भोलि विहानसम्म कर्नुपर्ने अध्यक्ष कटुवालले बताएका छन् ।