ट्याक्टर दुर्घटनाका घाईते चालक पनि रहेनन्

२0७८ मंसिर ३ शुक्रबार
ट्याक्टर दुर्घटनाका घाईते चालक पनि रहेनन्

उदयपुर

हिजो विहान भएको ट्याक्टर दुर्घटनाका घाईते चालकको पनि ज्यान गएको छ । दुर्घटनामा परी गम्भीर घाईते भएका चालक त्रियुगा नगरपालिका १० करमगाछीका ३० वर्षीय दिवस सार्कीको बिराटनगरमा उपचारको क्रममा निधन भएको हो । 


बिहीबार गाईघाटबाट रुपाटारतर्फ जाँदै गरेकोे प्रदेश नं. २–०१–०० १ त १०८३ नं. को ट्याक्टर मदन भण्डारी लोकमार्गको गाईघाट–नपालटार खण्डमा पर्ने उदयपुृरगढी गाउँपालिका ६ दनुवारबेँसीस्थित बैजनाथ खोलाको पक्की पुल एप्रोचमा दुर्घटना भएको थियो । दुर्घटनामा परी त्रियुगा ९ गहिरुनका बौवाई सदाको निधन भएको थियो थियो भने चालक सार्कीसहित १९ जना घाईते भएका थिए । 


घाईतेमध्ये चालकसहित ३ नाको सदरमुकाम उदयपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि बिराटनगर पठाइएको थियो । सार्कीको न्युरो अस्पताल बिराटनगरमा उपचारकैे क्रममा साँझ निधन भएको प्रहरीले जनाएको छ । 


अन्य १९ जना घाईतेमध्ये मृतक सदाकै श्रीमति ४० वर्षीया नारायणवति सदा र सोही ठाउँकी १६ वर्षीया सुकुन सदाको बिराटनगरमै उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनीहरुको स्वास्थ्यमा सुधार भईरहेको बताइएको छ । 


ताप्ली गाउँपालिकाको निर्माणाधीन भवनको दोस्रो तला ढलान गर्न आवश्यक कामदार जनशक्ति लिएर जाने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो । दुईवटा ट्याक्टरमा झण्डै ६० कामदार लिएर जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेपछि भवनको काम भने रोकिएको गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बताएका छन् । 

क्याप्सनः विराटनगर लानुअघि जिल्ला अस्पतालमा चालक सार्कीको उपचार गरिदै । तस्विरः महेश्वर