UPDATE नेपालटार दुर्घटनाः मृतक र घाईते को को हुन् ?

२0७८ मंसिर २ बिहीबार
UPDATE नेपालटार दुर्घटनाः मृतक र घाईते को को हुन् ?

उदयपुर

नेपालटारमा बिहीबार विहान ट्याक्टर दुर्घटनामा परी मृत्यु हुने त्रियुगा नगरपालिका ९ गहिरुनका बौकाई सदा भएको खुलेको छ । ४० वर्षीय बौकाईको निधन हुने गरी भएको दुर्घटनामा घाईते १९ मध्ये ३ जना गम्भीर रहेको प्रहरीले जनाएको छ । 


गम्भीर घाईते हुनेमा ट्याक्टर चालक त्रियुगा नगरपालिका १० करमगाछीका ३० वर्षीय दिवस सार्की, त्रियुगा ९ की मृतककै श्रीमति ४० वर्षीया नारायणवति सदा र सोही ठाउँकी १६ वर्षीया सुकुन सदा रहेका छन् । चालक सार्की र सदाको शरिरका बिभिन्न भागमा घाउचोट लागेको छ भने किशोरी सुकुनको पनि खुट्टार शरिरमा चोट लागेको छ । 


गम्भीर रहेको ३ घाईतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको र थप उपचारका लागि रिफर गर्ने तयारी भईरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जीवनारायण मण्डलले बताए । 


ताप्ली गाउँपालिकाको प्रशासकीय भवनको ढलान गर्ने कामदार जनशक्ति लिएर गाईघाटबाट रुपाटारतर्फ जाँदै गरेको प्रदेश नं. २–०१–०० १ त १०८३ नं. को ट्याक्टर उदयपुरगढी गाउँपालिका ६ नेपालटार दनुवारबेँसीस्थित पुलछेउको घुम्ती मोडमा आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 


मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डमा पर्ने घट्नास्जथल पक्की पुलको एप्रोच क्षेत्रको अप्ठेरोमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटना विहान ८ः५० बजे भएको र घाईते सदाको उपचारको क्रममा जिल्ला अस्पतटालमा विहान १०ः५० बजे निधन भएको बताइएको छ । 


घट्नाबारे विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नेतृत्वको टोली घट्नास्थल पु्गेको छ । ट्याक्टर घट्नास्थलमै रहेको प्रहरीले जनाएको छ ।