नेपालटारमा ट्याक्टर दुर्घटना, ठेकेदारको निधन, दर्जन घाईते

२0७८ मंसिर २ बिहीबार
नेपालटारमा ट्याक्टर दुर्घटना, ठेकेदारको निधन, दर्जन घाईते

उदयपुर

उदयपुरगढी गाउँपालिका ७ दनुवारबेँसीमा बिहीबार विहान ट्याक्टर दुर्घटना हुँदा एक ठेकेदारको ज्यान गएको छ । गाईघाटबाट ताप्ली गाउँपालिकातर्फ जाँदै गरेको नं. नखुलेको टुयाक्टर मदन भण्डारी लोकमार्ग गाईघाट–कटारी खण्डको नेपालटार पुलनेर दुर्घटना हुँदा त्रियुगा नगरपालिका ९ गहिरुनका नाम नखुलेका सदा समुदायको निधन भएको हो । 


मृतक निर्माण मजदुरको ठेकेदार (नायके) भएको बताइएको छ । ताप्ली गाउँपालिका भवनको ढलान गर्न कामदार जनशक्ति लिएर ताप्लीतर्फ जाँदै गरेको दुई ट्याक्टरमध्ये एउटा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दर्जन हाराहारी घाईते भएकोमध्ये चालक त्रियुगा नगरपालिका १० बोक्सेका अन्दाजी ३५ वर्षीय दिवस सार्की र एक युवति गम्भीर छन् । 


जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि उनीहरुलाई धरान पठाउने तयारी भईरकहेको अस्पतालले जनाएको छ । अन्य सामान्य घाईतेहरु नेपालटारमै प्राथमिक उपचारपछि सदरमुकाम ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

दुर्घटनामा के कति घाईते भए भन्ने यकिन बिबरण नआईसकेको प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहराले बताएका छन् । 


दुर्घटनामा परेर मृतक सदा कमदारहरुको नायके भएकाले सदा समुदायको ठूलो कामदार संख्याको अस्पताल परिसरमा रुवावासी भईहेको छ ।