श्रीमानको खुकुरी प्रहारबाट श्रीमतिको मृत्यु

२0७८ मंसिर १ बुधबार
श्रीमानको खुकुरी प्रहारबाट श्रीमतिको मृत्यु

उदयपुरका एक बृद्धले धारिलो हतियार प्रहार गरी श्रीमतिको हत्या गरेका छन् । मंगलबार राति ११:३० बजे लिमचुङबुङ गाउँपालिका ५ जाँते हिम्माका ७० वर्षीय सन्तबहादुर राईको खुकुरी प्रहारबाट उनकै श्रीमति ५६ वर्षीया चतुरमाया राईको ज्यान गएको हो ।

 

सुतेका बेला प्तिरहार गरेको हतियारले श्रीमतिको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतिको मृत्युपछि बृद्धले पनि आफ्नो घाँटी रेटेर आत्महत्या गर्ने असफल प्रयास गरिरहेका बेला परिवारजनले थाहा पाएर बचाएको प्रहरीले जनाएको छ ।

 

घट्नाबारे जानकारी आएलगत्तै खटेको इलाका प्रहरी कार्यालय लिमचुङबुङका प्रहरी सहायक निरीक्षक नेतृत्वको टोलीले घट्नास्थल सुरक्षित राखेको छ । टोलीले घाईतेलाई उपचारका लागि एम्बुलेन्समार्फत सदरमुकामस्जिथित जिल्ला अस्पताल पठाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताएका छन् ।

 

घट्नाबारे थप अनुन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षकको टोली घट्नास्थल पठाइएको उनले बताए । बेलुका खाना खाएर सँगै सुतेका श्रीमान-श्रीमतिबीच के विषयमा झगडा भयो भन्नेबारे यकिन हुन नसकेको स्थानीय मनराज राईले बताए । मृतक राईकी कान्छी श्रीमति भएको बताइएको छ ।