आज पनि बारको आन्दोलन जारी

२0७८ कार्तिक २९ सोमबार
आज पनि बारको आन्दोलन जारी

उदयपुर

उदयपुर बारले प्रधानन्यायाधीश चालेन्द्रशमसेर जवराविरुद्धको आन्दोलन आज पनि जारी राखेको छ । नेपाल बार एसोसिएसनको सर्कुलर अनुसार उदयपर अदालत बार इकाईले आईतबारदेखि सुरु गरेको विरोध कार्यक्रम सोमबार पनि जारी राखेको हो ।

 

केन्द्रको सर्कुलर अनुसार विहान १०ः०० बजेदेखि मध्यान्ह १२ः०० बजेसम्म कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर अदालतमा धर्ना दिएका थिए । प्रधानन्यायाधीश राणाले राजीनामा नदिएसम्म उनीविरुद्ध बारले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । 


जस अनुसार अदालतको कामकारबाही प्रभावित पार्न बारले धर्ना दिएको इकाई अध्यक्ष श्यामानन्द चौधरीले बताए । उनका अनुसार उदयपुर बारमा आवद्ध झण्डै ५ दर्जन कानुन व्यवसायीहरुले धर्ना बसेर विरोध जनाएका छन् । राजीनामा नआएसम्म बारले धर्ना कार्यक्रम नरोक्ने चौधरीले बताए ।