ओखलढुंगामा जीप दुर्घटना, ३ को निधन १३ घाईते

२0७८ कार्तिक २९ सोमबार
ओखलढुंगामा जीप दुर्घटना, ३ को निधन १३ घाईते

उदयपुर

छिमेकी जिल्ला ओखलढुंगामा एकादशी मेला भर्न जाँदै गरेको जीप सोमबार दुर्घटना हुँदा ३ जनाको ज्यान गनएको छ भने १३ जना घाईते भएका छन् । प्रदेश ३–०१–०२२ च ९६९४ नंं को जीप जिल्लाको सुनकोसी गाउँपालिका ९ बुलडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ । 


दुर्घटनामा परी सिद्धिचरण नगरपालिका १० बेतिनीका ३५ वर्षीया मिठुमाया मगर, १६ वर्षीया तुलसा मगर र अर्का उमेर नखुलेका खगेन्द्र मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । 


उनीहरु ककनी मेला भर्न जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिप्रका र इलाका प्रहरीबाट खटेको टोली घट्नास्थल पुगेर घाईतेहरुको उद्धार गरी उपचारार्थ अस्पताल लगिएको छ भने मृतकहरुको लास सनाखत गरी पोष्टमार्टमका लागि अस्पताल पठाउने काम भईरहेको डिएसपी गोविन्द काफेलेले बताएका छन् ।