प्रधानन्यायाधीशविरुद्ध उदयपुरका वकिलको २ घण्टा धर्ना 

२0७८ कार्तिक २८ आईतवार
प्रधानन्यायाधीशविरुद्ध उदयपुरका वकिलको २ घण्टा धर्ना 

उदयपुर

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराले राजीनामा दिनुपर्ने माग गर्दै आन्दोलित नेपाल बार एसोसिएसनलाई उदयपुर बार इकाईले पनि साथ दिएको छ । राणाविरुद्ध आन्दोलनरत बारलाई ऐक्यउबद्धता जनाउँदै उदयपुर इकाईले पनि आइृतबार बिरोध प्रदर्शन  गरेको हो । 


सो क्रममा उदयपुर जिल्ला अदालत बार इकाइले प्रधान न्यायाधीशबिरुद्ध दिउँसो २ घण्टा धर्ना दिएर बिरोध कार्यक्रम गरेको हो । आन्दोलनमा बार इकाइमा आबद्ध कानुन व्यवसायीहरुले राणाको राजीनामा माग्दै जिल्ला अदालत उदयपुरमा धर्ना दिए ।  


वारको कार्यालयमा कालो ब्यानर राख्दै हातमा कालो पट्टी बाँधेर धर्ना बसेका कानुन व्यवसायीहरुले राणाले राजीनामा नदिएसम्म विरोध जारी रहने बताएका छन् । बार उदयपुरका अध्यक्ष श्यामानन्द चौधरीले बार एसोसिएसन केन्द्रीय समितिको निर्देशन बमोजिम उदयपुरसँगै देशभर बिरोध कार्यक्रम आयोजना गरेको बताए । 


प्रधान न्गायायाधीश राणाले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने केन्द्रको निर्देशन रहेको जानकारी दिदै अध्यक्ष चोधरीले आउँदो ३० गतेसम्म दैनिक दुई घण्टा  धर्ना बस्ने कार्यक्रम रहेको जानकारी दिए । 


नेपाल बारले प्रधानन्यायाधीश राणाले न्यायालयको मर्यादा राख्न नसकेको तथा सेटिङमा न्यायालय चलाएको आरोप लगाउँदै राजीनामा दिन दबाब दिदै आएको छ । जस अनुसार बारले सर्वोच्च अदालतमै बिरोध कार्यक्रम केन्द्रित गर्दै आएकोमा आईतबारदेखि देशव्यापी आन्दोलन थालेको हो ।