रुखबाट लडेर एक जनाको मृत्यु

२0७८ कार्तिक २२ सोमबार
रुखबाट लडेर एक जनाको मृत्यु

ओखलढुंगा

तिहारको रमाईलोका बीच ओखलढुङगामा  एक युवतिको रुखबाट लडेर ज्यान गएको छ । जिल्लाको मोलुङ गाउँपालिका ७  पात्ले खानीचौरकी २२ वर्षीया  निमा शेर्पाको रुखबाट लडेर आईतबार निधन भएको प्रहरीले जनाएको छ । 


दिउसो ११ः०० बजे घाँस काट्न निस्केकी शेर्पाको घरबाट लगभग ५ सय  मिटर पश्चिममा रहेको खस्रुको रुखमा चढेर घाँस काट्दै गर्दा चिप्लिएर लड्दा घटनास्थलमै निधन भएको ओखलढुंगा प्रहरीलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 


घट्नाबारे स्थानीयले जानकारी दिएलगत्तै प्रहरी चौकी श्रीचौर र इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटेको टोलील्े घट्नास्थलको सर्जमिन मुचुल्का गरी लास पोष्टमार्टमका लागि सदरमुकाम लगेको छ । घट्नाबारे थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी प्रवक्ता एसपी नविनराज राईले बताएका छन् ।