नेकपा (माओबादी केन्द्र)को जिल्लाव्यापी प्रशिक्षण

२0७८ कार्तिक १५ सोमबार
नेकपा (माओबादी केन्द्र)को जिल्लाव्यापी प्रशिक्षण

उदयपुर

नेकपा (माओबादी केन्द्र) ले देशव्यापी संगठन विस्तार र प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिएको छ । यसै क्रममा पार्टी प्रदेश १ इन्चार्ज राम कार्की र अध्यक्ष सुरेशकुमार राईले उदयपुका बिभिन्न स्थानीयतहमा प्रशिक्षण दिने क्रम चलिरहेको छ । 


जस अनुसार आईतबार त्रियुगा नगर कमिटीको विस्तारिक बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ भने सोमबार बेलका नगर कमिटीको प्रशिक्षण सम्पन्न भएको छ ।   त्रियुगा नगरस्तरीय प्रशिक्षणमा नगरपालिकाका १६ वटै वडा तथा टोल कमिटीका पदाधिकार र सदस्यहरुको सहभागिता रहेको नगर कमिटी सचिव गीता खड्काले बताईन् । 


सचिव खड्काका अनुसार गएको पुस ६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि सुरु भएको नेकपाभित्रको आन्तरिक बिबादको मौका छोपेर सर्वोच्च अदालतले साविक एमाले र माओबादी केन्द्रलाई छुट्याईदिएपछि माओबादीले संगठन बिस्तार तथा प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिएको छ । 

 


प्रशिक्षण कार्यक्रममा पार्टी प्रदेश इन्चार्ज कार्कीले एमाले अध्यक्ष केपी ओलीका कारण मुलुकमा प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्था गुम्ने खतरा बढेको बताए । कार्कीले ओली, ज्ञानेन्द्र र कमल थापाहरुका कारण १० वर्षे जनयुद्ध र ऐतिहासिक जनाान्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा बढेको भन्दै त्यसको रक्षाका लागि माओबादी नै अघि सर्नुपर्ने बताए । 


संघीयता, गणतन्त्र र समावेशिता मुख्य उपलब्धी भएको र यो नेकपा माओबादीको नारा हुनाले यसमाथि ओली, ज्ञानेन्द्र र कमल थापाहरुले धावा बोलिरहेको भन्दै उनले यो व्यवस्थामाथि कुनै हालतमा खतरा आउन नदिन पार्टी नेता कार्यकर्तालाई निर्देशन दिए । सदरमुकाम गाईघाटस्थित होटल टाउन हलमा आयोजित प्रशिक्षणमा सांसद तथा पूर्व मन्त्रीसमेत रहेका कार्कीले कम्युनिष्टहरुले स्थापनाकालदेखि लड्दै आएर माओबादीको १० वर्षे जनयुद्धको राप र तापबाट प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्था एमालेले चाहदैमा गुम्न नदिने बताए । 

 


कम्युनिष्टकै बलिदानी र अगुवाईमा प्राप्त उपलब्धी कम्युनिष्ट नामकै एमाले अध्यक्ष  ओलीबाटै गम्भीर खतरामा पर्नु बिडम्बना भएको उनले बताए । ओलीले पूर्व राजा ज्ञानेन्द्र र कमल थापाहरुको सहयोग लिएर परिवर्तनमाथि धावा बोल्दै गरेको हुनाले माओबादीको मुद्धाको रक्षा गर्न स्वयं माओबादी नै लाग्नुपर्ने कार्कीले बताए । संघीयता र गणतन्त्रको मुद्धा माओबादीले स्थापित गरेको भए पनि हुर्काउने बेला सत्ता ओलीको हातमा परेकाले संस्थागत गर्न नसकिएको बताए । 


‘माओबादीले १० वर्षे जनयुद्धबाट धेरै परिवर्तन ल्याएको र त्यसमध्ये मुख्यगरी संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी व्यवस्था हुन्’ कार्कीले भने ‘तर, अहिले यी सबै उपलब्धीलाई समाप्त पार्न ओली, ज्ञानेन्द्र र कमलहरु लागिरहेका छन् । त्यसैले यसको रक्षा गर्न तपाँई हामी माओबादी नै लागी पर्नुपर्छ ।’ जनताको भलाईका लागि स्थापित व्यवस्था भएकाले यसको रक्षाका लागि परिवर्तनकामी अन्य शक्तिहरुले पनि साथ दिनुपर्छे उनले बताए । 


एमाले र माओबादीबीचको एकीकरणले गर्दा पनि त्यत्रो बलिदानीबाट ल्याइएकाको परिवर्तन संस्थागत गर्ने बेला ओलीको हातमा सुम्पेकाले खतरा हुनु स्वभाविक भएको उनले बताए । ‘जति दुःख गरेर हुर्काए पनि कुखुराको खोरको सुरक्षा गर्ने जिम्मा स्याललाई सुम्पियो भने यस्तै हुन्छ’ कार्कीले ओलीप्रति व्यंग्य गर्दै भने ‘स्यालले कुखुरा भेटेपछि नखाई बस्छ ? त्यसैले दुईचारवटा कुखुरा घटेका छन्, धन्न सबै स्वाहा पार्न भ्याएन ।’ 


प्रशिक्षणको क्रममा फरक प्रशंगमा नेता कार्कीले कम्युनिष्टहरु नदेखिने कुरामा आस्था गर्ने नभएर व्यवहारिक कुरामा विश्वास गर्ने आचरणको हुनुपर्ने बताए । अर्थात नदेखिने भगवान, भुत, प्रेतभन्दा देखिने जनता र परिवर्तनका लागि हुने द्वन्द्वमा विश्वास गर्नुपर्ने बताए । आस्थाले यथास्थितिमा रम्न बाध्य बनाउने तर, द्वन्द्वले गतिसिलता, परिवर्तन र आधुनिकतातर्फ डो¥याउने हुनाले कम्युनिष्टहरु द्वन्द्वातमक भौतिकबादमा विश्वास गर्ने उनले बताए । मान्छे गतिसिल प्राणी भएकैले हरेक कुरा समय  अन्ुसार परिवर्तन हुँदै आएको उनको भनाई थियो ।


एमाले यथास्थितिबादी पार्टी भएको भन्दै उनले पार्टी फुटे पनि सूर्य चिन्ह छाड्न नसकेर धेरै नेता कार्यकर्ता त्यही बसेको बताए । ‘सूर्य चिन्ह छाड्न सक्दिन भन्नु र जनाई छाड्न सक्दिन भन्नु उस्तै हो, अनि कसरी एमाले परिवर्तनकारी हुनसक्छ ?’ उनले भने । जनता परिवर्तको पक्षधर भएकैले  जंगल छाडेर आएलगत्तै चुनाव जिताएको उनले बताए ।


१० वर्ष जनयुद्ध लडेको माओबादीलाई जंगली भन्ने गरेका जनताले ०६४ को संविधानसभा चुनावमा बहुमत दिएको उदाहरण दिदै तयतिबेला पनि सूर्य चिन्ह थियो तर, किन एमाले जितेन भन्ने प्रश्न गरे । चुनाव चिन्ह मात्र ठूलो कुरा नभएर विचार, नीति, सिद्धान्त महत्वपूर्ण हुने भन्दै उनले चुनावमा वहुमत ल्याए पनि काँग्रेस र एमालेजस्तै व्यवहार गरेपछि ०७० को चुनावमा जनताले फेरि माओबादीलाई हराईदिएको बताए । 


कार्यक्रममा पार्टी प्रदेश अध्यक्ष सुरेशकुमार राईले देशको एक मात्र देश र जनताको पहरेदार पार्टी नेकपा (माओबादी केन्द्र) मात्र भएको भन्दै अव फेरि मुलुक हाँक्ने जिम्मा काँधमा आएको बताए । देश र जनताको मुक्ति गर्दै आफैले स्थापित गरेको नारा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी व्यवस्थाको कार्यान्वयनका लागि पार्टी सत्तामा पुग्नुनर्पै अध्यक्ष राईले बताए । 


संगठन निर्माण प्रक्रियाबारे कार्यकर्तालाई प्रशिक्षण दिदै राईले पार्टी सदस्यता अहिले सप्mटवेयर प्रणालीमा गएको हुनाले समयमै नविकरण गर्न निर्देशन दिए । उनले हरेक नगर कमिटीमातहत ३ वटा टोल कमिटी तथा एउटा टोलमा ३ वटा सेल कमिटी गठन गर्नुपर्ने पार्टी विधानबारे जानकारी दिए । पार्टी भनेको विपरितहरुबीचको एकत्व भएको भन्दै कहिलेकाही एकमा दुई पनि हुनसक्ने बताए । 


एमालेसँग एकीकरणपछि बनेको नेकपा तदर्थबादमा चल्दै आएको हुनाले अव पार्टीलाई मजबुत र जीवन्त बनाउन सबै तहमा संगठन निर्माण गर्दै विधान, नीति, नियम र प्रणाली अनुसार सञ्चालन अभियान थालिएको बताएका थिए । त्यसका लािग पार्टीलाई संगठन विस्तारलाई युद्धस्तरमा अगाडि बढाइएको उनको भनाई थियो । 


प्रशिक्षण कार्यक्रममा पार्टी प्रदेश सदस्यहरु मोहन खत्री, मणि खम्बु, भेषकुमारी राउतलगायतले पनि भनाई राखेका थिए ।