बाँस ढाल्दा करेन्ट लागेर मगरको निधन

२0७८ कार्तिक १४ आईतवार
बाँस ढाल्दा करेन्ट लागेर मगरको निधन

उदयपुर

उदयपुरका एक स्थानीयको विद्युत झट्काले ज्यान गएको छ । आईतबार विहान ९ः३० बजेको समयमा रौतामाई गाउँपालिका ८ खमारेका ४१ वर्षीय डम्बरबहादुर मगरको घरनजिकैको बाँस ढाल्ने क्रममा विद्युत लाईन छुन पुग्दा करेन्ट लागेर घट्नास्थलमै निधन भएको हो । 


घाँसका लागि बाँस ढाल्ने क्रमम मुख्य लाईनको विद्युतीय तार छुन पुग्दा उनलाईल करेन्टको झट्काले छोएर निधन भएको प्रहरी चौकी सुकौराले जनाएको छ । घट्नाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले घट्नास्थलको सर्जमिन गरी मृतकको लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ । 


लास पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने प्रक्रिया अघि बढेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले जनाएका छन् ।