जिल्लाभर माओबादीनिकट अखिल शिक्षक संगठन सम्मेलन

२0७८ कार्तिक १४ आईतवार
जिल्लाभर माओबादीनिकट अखिल शिक्षक संगठन सम्मेलन

उदयपुर

नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको शनिबार जिल्लाव्यापी सम्मेलन सम्पन्न भएको छ । जिल्लाका ८ वटै स्थानीयतहमा एकै दिन सम्पन्न गर्ने केन्द्रीय निर्देशन अनुसार शनिबार ४ नगर र ४ गाउँपालिका सबैमा सम्मेलन आायोजना गरिएको हो । 


जस अनुसार लिमचुङब्ङ गाउँपालिकास्तरीय सम्मेलनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संगठनका प्रदेश नं. १ अध्यक्ष खड्ग थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो गाउँ सम्मेलनले शिवराम राईको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो । 


समाबेशी सहभागिताका आधारमा चयन भएको १३ सदस्यीय कमिटीमा वरिष्ट उपाध्यक्ष पुन्नबहादुर खत्री र उपाध्यक्षद्वयमा मुना राई र मानबहादुर कार्की छानिएका छन् । त्यस्तै सचिव राजन राउत, अर्थ सचिव चित्र कार्की र सहसचिव नरबहादुर परियार छानिएको निर्वाचन समितिले जनाएको छ  । 


नवगठित समितिमा चक्र राई, अमर खत्री, रमेशकुमार मगर, खिलराज राई, सुबासकुमार राई र बबिना राई सदस्य चयन भएको नेकपा (माओबादी केन्द्र) लिमचुङबुङ कमिटीका अध्यक्ष होम किरातील्े बताए ।
 

त्यसैगरी अर्को गाउँपालिका ताप्लीमा पनि शनिबारै सम्पन्न सम्मेलनले शिबराज भुजेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । कमिटीमा महिला उपाध्यक्ष चिनीकुमारी ठकुरी र उपाध्यक्ष रमेशकुमार मगरलाई छानिएको छ । सचिव युवारज विक, सहसचिव बेदबहादुर मगर, अर्थसचिव पुस्कल मगर र कोषाध्यक्ष अनुका तिम्सिना छानिएका छन् । 


सम्मेलनले मोहन बुढाथोकी, मिलन तामाङ, शेरजन ठकुरी र रुक्मिणी राउतलाई जिल्ला प्रतिनिधिमा चयन गरेको निवर्तमान अध्यक्ष मिलन लो तामाङले बताएका छन् । 


उता शनिबारै भएको कटारी नगर अधिबेशनबाट अध्यक्षमा .पदमबहदुर कार्की नेतृत्वमा बरिस्ट उपाध्यक्ष र दुई उपाध्यक्षसहित २० सदस्यीय एकीकृत अखिल नेपाल शिक्षक संगठन कटारी गठन भएको छ । 


वरिष्ट उपाध्यक्ष्मा श्याम पंण्डित, महिला उपाध्यक्षमा अरुणाकुमारी तामाङ, उपाध्यक्षमा रामानुज यादव छानिएका छन् । त्यसैगरी सचिवमा अर्जुन कार्की, अर्थ सचिवमा दिपक श्रेष्ठ र सहसचिव चित्र राउत चयन भएको नेकपा (माओबादी केन्द्र) कटारी नगर कमिटी अध्यक्ष मणिराज दाहालले बताएका छन् ।