एमाले त्रियुगा नगर अध्यक्षमा केशव घिमिरे

२0७८ कार्तिक १२ शुक्रबार
एमाले त्रियुगा नगर अध्यक्षमा केशव घिमिरे

उदयपुर

४ दिनसम्मको रस्साकस्सीपछि नेकपा (एमाले)को त्रियुगा नगर कमिटी अध्यक्षमा केशव घिमिरे चयन भएका छन्् । सदरमुकाम रहेको त्रियुगामा मंगलबार सुरु भएको नगर अधिवेशन अध्यक्षमा ४ जनाले दावी नछाडेपछि लम्बिएको थियो । 


आकांक्षीहरु सृजना दनुवार, दुर्गानन्द चौधरी र कुलबहादुर राउतले दावी छाडेपछि घिमिरे सर्वसम्मत अध्यक्ष भएका हुन् । मंगलबारदेखि बिहीबारसम्मको प्रयासमा सर्वसम्मत कमिटी गठन गठन हुन नसकेपछि शनिबार चुनावी प्रक्रिया अपनाउने निर्णय गर्दै निर्वाचनको तयारी पाटीले थालेको थियो । चारैजनाले दावी नछाडेपछि शनिबार चुनाव गराउने तयारी सुरु गरेकोमा शुक्रबार साँझ दनुवार, चौधरी र राउतले स्वीकारेपछि घिमिरे अध्यक्ष भएका हुन् । 


कमिटी उपाध्यक्षमा सागर नेपाल, सचिवमा रमेश कार्की र उपसचिवद्वयमा .सृजना पौडेल र भुवन दाहाल छानिएका छन् । अध्यक्षमा सर्वसम्मत हुने भएपछि अन्य सम्पूर्ण पदाधिकारी र सदस्यहरु पनि निर्बिरोध चयन भएका छन् । एमाले नगर ५ पदाधिकारीसहित ७५ सदस्यीय हुने पार्टीको प्रावधान छ ।