बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री, १ नंं मा कहिले ?

२0७८ कार्तिक ११ बिहीबार
बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री, १ नंं मा कहिले ?

उदयपुर

अन्ततः बागमति प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री भएका छन् । एमाले उपाध्यक्षसमेत रहेकी अस्टलक्षमी शाक्यले विश्वासको मत लिन असफल भएपछि अघिल्लो दिन राजीनामा दिदा पाण्डे मुख्यमन्त्री भएका हुन् । 


माधव नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजबादी) का उपाध्यक्ष रहेका नवनियुक्त मुख्यमन्त्री पाण्डेलाई बिहीबार ३ः३० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका छन् ।  पाण्डेसँगै काँग्रेसका कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादी कृष्णप्रसाद शर्मा मन्त्री नियुक्त भएका छन् । 

 

मोक्तान सामाजिक विकास, खनाल आर्थिक मामिला तथा योजना र भँडेल भौतिक पूर्वाधार मन्त्री भएका छन् । उनीहरुले पनि बिहीबारै सपथ खाईसकेका छन् । 

 

एमाले र् माओबादी केन्द्रबीच एकीकरण भई बनेको नेकपाको एकछत्र बहुमत रहेको प्रदेश सभामा अदालतले एमाले र माओबादीमा फर्काईदिएपछि एमाले बहुमत गुमाएको हो । ओलीपक्षधर डोरमणि पौडेल मुख्यमन्त्री रहेको प्रदेशमा माधव नेपालपक्षधर पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पार्टी फुटका बेला एमालेमै रहेपछि उनलाई मुख्यमन्त्री बनाइएको थियो ।


यता प्रदेश १ मा पनि आउँदो १५ गते नयाँ सरकार गठन हुने संभावना छ । मुख्यमन्त्री भीम आचार्यले ८ गते नै प्रदेशसभामा विश्वासको मत लिन खोजे पनि नेपाली काँग्रेस र एमालेले रोक्न माग गरेपछि एकसातालाई बैठक स्थगत भएको थियो । 


ओलीपक्षधर मुख्यमन्त्री शेरधन राईलाई पनि बागमतिमा पौडेललाईजस्तै राजीनामा दिन लगाएर आचार्यलाई मुख्यमन्त्री बनाइएको हो । ९२ सदस्य रहेको प्रदेश १ मा पनि एमालेको एकछत्र बहुमत रहेकोमा पार्टी फुटपछि अल्पमतमा परेपछि आचार्य मुख्यमन्त्रीबाट हट्न लागेका हुन् । 


१ नं. प्रदेशमा शेरधन जितेकै जिल्ला भोजपुरबाट निर्वाचित राजेन्द्र राई मुख्यमन्त्रीमा प्रस्तावित छन् । राई पनि एकीकृत समाजबादी पार्टीकै प्रदेश १ सहइन्चार्ज हुन् । प्रदेश १ मा राईसहित एसका १२ जना, नेकपा माओबादी केन्द्रका १६, नेपाली काँग्रेसका २१, जनता समाजबादी पार्टीका १ र लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र स्वतन्त्र १ गरी ५१ सांसद एमाले सरकार गिराउन गठबन्धनमा रहेका छन् । ् ।