तास र नगदसहित ५ जुवाडे पक्राउ

२0७८ कार्तिक ९ मंगलवार
तास र नगदसहित ५ जुवाडे पक्राउ

खोटाङ 

खोटाङ सदरमुकाम दिक्तेल बजारमा जुवा खेल्दै गरेका ५ जना प्रहरी फन्दामा  परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ हस्पिटल चौकस्थित हरि जोशीको घरमा तास खेल्दै गरेको अवस्थामा नगदसहित उनीहरु पक्राउ परेका हुन् । 


जिल्ला प्रहरी कार्यालयको टोलीले तास र नगदसहित साकेला गाउँपालिका ५ का २७ वर्षीय हिराधन राई, साकेला २ का २२ वर्षीय सौरभ गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ का ३३ वर्षीय बसन्त राई, दिरुमझवागढीकै ७ कै ३८ वर्षीय टीकाराम राई र उदयपुरको कटारी नगरपालिका ११ का २४ वर्षीय खोमबहादुर मगरलाई पक्राउ गरेको जनाएको छ । 


जोशीको घरमा तास जुवा भईरहेको भन्ने सुराकीको आधारमा खटेको टोलीले मंगलबार बिहान १ः०० बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट नगद ७१ हजार २० रुपैंया, एक बुङ तास पनि बरामद भएको छ । 


पक्राउ परेका पाँचै जनालाई प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु भएको छ । उनीहरुमाथि जुवा ऐन अनुसार कारबाही सुरु भएको जिप्रका  खोटाङलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।