झुटा बिवरण देखाएर रिपोर्ट माग्ने पक्राउ

२0७८ कार्तिक ३ बुधबार
झुटा बिवरण देखाएर रिपोर्ट माग्ने पक्राउ

उदयपुर

उदयपुर प्रहरीले बिमा सम्बन्धी झुटो विवरण देखाएर प्रहरी रिपोर्ट माग्न आएका एक युवालाई पक्राउ गरेको छ । बिमा कम्पनीबाट क्षतिपूर्ति रकम लिने उदे्रश्यले गलत विवरण पेश गरेर रिपोर्ट माग्न आएका धनुषाको जनकपुर उपमहानगरपालिका ४ का ३१ वर्षीय श्यामकुमार साह पक्राउ परेका हुन् । 


साहले ०७८ साउन १४ गते भएको सवारी दुर्घंटनालाई साउन १६ गते भएको विवरण पेश गर्दै बिमावापतको रकम दावी गर्न प्रहरी रिपोर्ट माग्दै जिल्ला प्रहरी कार्यालय उदयपुुरमा निवेदन दिएका थिए । प्रमाणिकरण रिपोर्ट दिनुअघि वास्तविक्ता बुझ्न खोज्दा घट्ना भएकोभन्दा फरक मितिको रिपोर्ट प्रमाणिकरण गर्न लागेको जानकारी भएपछि उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ । 


गलत मिति राखेर विमा रकम दावी गर्न घट्ना कागजात प्रमाणित गर्न खोजेको जानकारी भएपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए । उनलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।