गाईघाटमा ‘भि-वान कम्पनी’ फर्निचरको बिक्री बितरण सुरु

२0७८ आश्विन २२ शुक्रबार
गाईघाटमा ‘भि-वान कम्पनी’ फर्निचरको बिक्री बितरण सुरु

  • गाईघाट

    सदरमुकाम गाईघाटमा भारतीय कम्पनी भि वान चियर औपचारिक रुपमा बिक्री बितरण सुरु भएको छ । भारतीय ब्राण्डका आधुनिक फर्निचरहरुको बिक्री बितरण गर्नेृ भि वानले बिहीबार एक कार्यक्रमका बीच औपचरिक रुपमा बिक्री बितरण सुरु गरेको हो ।


    कम्पनीले उदयपुर, खोटाङ र आसपासका जिल्लाबासीलाई मुख्य लक्षित गरी बजारीकरण थालेको हो । त्रियुगा नगरपालिका ११ गाँईघाट पुरानो पेट्रोलपम्पअगाडि खुलेको शोरुमको ११ नं. वडाध्यक्ष विश्वराज भट्टराई र नेपाल पत्रकार महासंघ अध्यक्ष भरत खड्काले संयुक्तरुपमा उद्घाटन गरे ।


    शोरुम उद्घाटन वडाध्यक्ष भट्टराईले वढ्दो सहरीकरणलाई लक्षित गर्दै भित्र्याईएका विदेशी ब्रान्डका सामानले समाज आधुनिकतातर्फ धकेलिएको संकेत गरेको बताए । आफ्नो वडामा नयाँ शोरुमको स्वीकृति दिएकोमा कम्पनीलाई धन्यवाद दिँदै उनले सामान्य नागरिकको पहुँचसम्म पुग्ने गरी सस्तो, भरपर्दो र वलियो सामग्री बजारमा ल्याउन आग्रह गरे । विदेशी ब्राण्डका सामानहरुको शोरुम खुल्नुले गाईघाटको व्यवसायिक विकासमा योगदान पुग्ने अपेक्षा गरेको भट्टराईले बताए । 


    कम्पनीका अनुसार शोरुममा १८ किसिमका कुसीईहरु बिक्री बितरण गरिने जनाएको छ । शोरुममा ९ हजार ७ सय ५० देखि १ लाख २९ हजार मूल्यसम्मका कुर्सीहरु किन्न पाइने अधिकृत बित्रेता पोखरेल एण्ड सन्स सप्लायर्स एण्ड ट्रेडसका सञ्चालक पर्वत पोखरेलले बताए । यस कम्पनीका कुर्सी महँगो भए पनि आरामदायी र गुणस्तरीय रहेको उनले बताए । 


    कम्पनीका कन्ट्री म्यानेजर प्रवीन श्रीवास्तवले नेपालमा हाल भि वान ब्राण्डका फर्निचरका २९ वटा शाखा सञ्चालनमा रहेको  बताए । ढाड दुख्ने समस्या भएका व्यक्तिका लागि यो कम्पनीका कुर्सीहरु उपयुक्त हुने उनले बताए । यी कुर्सीहरू आरामदायी हुने भएकाले ढाड दुख्ने समस्या हुनेका लागि पनि यो उपयोगी हुने श्रीवास्तवले बताए । 

  •  

     

    प्रदेश १ का ३ ठाउँमध्ये विराटनगर, इटहरी र गाईघाटमा शाखा विस्तार गरिएको छ भने प्रदेश २ मा पनि सेवा विस्तार गर्ने र अन्य स्थानमा पनि विस्तारै शाखा विस्तार गर्ने लाने योजना रहेको उनले बताए । यो ब्रान्डका कुर्सी भारतमा बन्ने गरेको र बजारीकरण सबैतिर भईरहेको उनको भनाई थियो । 


    प्रत्येक कुर्सी दुई वर्षको वारेन्टी रहेकोसमेत जानकारी दिदै कम्पनीले निकट भविष्यमै भि वान सर्भिस टेन्टर पनि सञ्चालनमा ल्याउने योनजा बनाएको म्यानेजर श्रीवास्तावले जानकारी दिए । महँगो भए पनि दसैँतिहारको अवसरमा कम्पनीको तर्फबाट छुटको व्यवस्था गरिएको जानकारी पनि कम्पनीले दिएको छ ।