डिएसपी गौतम उत्कृष्ट प्रहरी घोषित 

२0७८ आश्विन २0 बुधबार
डिएसपी गौतम उत्कृष्ट प्रहरी घोषित 

उदयपुर 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी बेदप्रसाद गौतम यसवर्षको प्रदेश प्रहरीतर्फ उत्कृष्ट अनुसनधान अधिकृत सावित भएका छन् । गौतमलाई अपराध अनुसन्धानतर्फ १ नं. प्रदेशभरीकै उत्कृष्ट अधिकृतको पुरस्कारद्वारा सम्मान गरिएको छ । 


डिएसप् गौतमलाई प्रदेश प्रहरीले ६६ औं प्रहरी दिवसको अवससरमा उत्कृष्ट प्ररीको उपाधिसहित पुरस्कार र सम्मान दिएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरले डिएसपी गौतमलाई अनुसन्धानतर्फ उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत गरेको हो । 


झण्डै एकवर्षयता उदयपुरमा कार्यरत रहेका डिएसपी गौतमले केही समयअघि जिल्ला प्रहरी कार्यालय उदयपुरले पनि उत्कृष्ट प्रहरीको रुपमा पुरस्कयत गरेको थियो । 


गौतमले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको अक्षरशः पालना गर्दै कर्तव्यनिष्ट, लगनसिल 
र व्यवसायिक भएर प्रहरी संगठनको  गरिमा राखेको तथा समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेवापत पुरस्कृत गरिएको प्रदेश प्रहरीले जनाएको छ । 


प्रहरी संगठनको मूल्य मान्यता र नीति अनुसार माथिल्लो निकायले दिएको निर्देशन उच्च मनोबल र साहसका साथ पालना गर्दै कर्तब्य निर्वाह गरेको आधारमा जिल्लादेखि प्रदेशसम्म उत्कृष्ट हुन गौतम सफल भएका हुन् ।