यौन शोषण आरोपमा लेखापढी व्यवसायी पक्राउ

२0७८ आश्विन २0 बुधबार
यौन शोषण आरोपमा लेखापढी व्यवसायी पक्राउ

गाईघाट

उदयपुरका एक लेखापढी व्यवसायी महिलामाथि यौन शोषण आरोपमा पक्राउ परेका छन् । बिगत १० वर्षदेखि बिहे गर्ने आश्वासन दिदै यौन शोषण गदै आएका जिल्लाको बेलका नगपालिका ९ रामपुर स्थयी घर भई सदरमुकाममा गाईघाटमा लेखापढी व्यवसाय गर्दै आएका सुमन कटुवाल उर्फ किरण केसी पक्राउ परेका हुन् । 


छिमेकी नगरपालिकाकी ३ छोराछोरीकी आमा एकल महिलालाई १० वर्षदेखि गाईघाटमा कोठा लिएर राखेका उनले यौण शोषण गर्दै आएको आरोपमा पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । महिलाले आफुलाई कोठामा बन्धक बनाएर १० वर्षदेखि निरन्तर यौन शोषण गर्दै आएको उजुरी प्रहरीमा दिएपछि उनलाई पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । 


आफुलाई बिहे गर्ने सर्तमा १० वर्षदेखि शारिरीक सम्बन्ध राख्दै आएको तर, हाल आएर बिहे नगर्ने भनेपछि महिलाले प्हरी गुहारेको बताइएको छ । उनलाई सोमबार नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले उनलाई हिरासतमा राखेर अनुसन्धान सुरु भएको बताए ।


केसीविरुद्ध पीडित महिलाले अन्याय गरेको कुरा सार्वजनिक भएपछि मालपोत कार्यालयमा दुवैलाई राखेर छलफलसमेत भएको बताइएको छ । मालपोत अधिकृत नबराज खड्काको कार्यकक्षमा भएको छलफलले सहमतिको निश्कर्ष निकाल्न नसकेपछि महिलाले प्रहरी गुहारेको एक लेखापढी व्यवसायीले बताए ।