प्रहरी दिवसमा बिबिध कार्यक्रम, बजारमा मास्क वितरण

२0७८ आश्विन १८ सोमबार
प्रहरी दिवसमा बिबिध कार्यक्रम, बजारमा मास्क वितरण

उदयपुर

उदयपुर प्रहरीले ‘६६ औं प्रहरी दिवस ०७८’को अवसर पारेर सर्वसाधारणलाई मास्क बितरण गर्न थालेको छ । आउँदो २० गते पर्ने प्रहरी दिवसको अवसरमा बिभिन्न सामाजिक गतिबिधि गर्ने क्रममा मास्क बितरण अभियान पनि थालेको हो । 


जस अनुसार आईतबार दिउँसो गाईघाट बजारका बिभिन्न चोक र सडकहरुमा जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र नेपाल रेडक्रस सोसाईटीको समन्वयमा मास्क बितरण गरिएको हो । प्रहरी, रेडक्रस र ट्राफिक प्रहरी सहभागी टोली बजारमा मास्क नलगाई हिड्ने यात्रुलाई बोलाएर मास्क लगाईदिएका छन् । 


प्रहरी दिवसको अवसरमा ‘तपाँईको मास्क खोई ?’ लेखिएको व्यानर बोकेको टोली बजारका बिभिन्न ठाउँ घुमेर मास्क बितरण गरेको छ । रेडक्रसका कर्मचारी, जिल्ला प्रहरी कार्यालयका नायव निरीक्षक (सई) गंगाराम राई र ट्राफिक प्रहरी प्रमुख सई लिलाकुमार श्रेष्ठलागयत सम्मिलित टोलीले सर्वसाधारणलाई मास्कको महत्व दर्साउँदै बितरण गरेको हो । 


कोविड नियन्त्रणतर्फ आईरहे पनि अझै खतरा हटिनसकेका कारण मास्क लगाउन अनिवार्य गर्नुपर्ने प्रहरीको भनाई छ । हाल उदयपुरमा कोविड नियन्त्रणोन्मुख देखिएको भए पनि अझै खतरा भने कम नभईसकेकाले मास्क अनिवार्य लगाउन टोलीले आग्रह गरेको छ । त्यस्तै घरभित्र बस्नुअघि, खाना खानुअघि र पछि साबुन पानीले अनिवार्य हात धुन र नियमित सेटिनाईजर प्रयोग गर्न पनि टोलले अनुरोध गरेको छ ।