हलेसीको दुर्छिम स्वास्थ्यचौकीलाई कोभिड सुरक्षा सामाग्री 

२0७८ आश्विन १७ आईतवार
हलेसीको दुर्छिम स्वास्थ्यचौकीलाई कोभिड सुरक्षा सामाग्री 

प्रदिप राई 
खोटाङ

हलेसी तुवाचुङ नगरपालिका वडा नं. ५ का दुईवटा स्वास्थ्य चौकीलाई कोविडविरुद्धको स्वास्थ्य सामग्री प्रदान गरिएको छ । ५ नं. वडाको नगर स्वास्थ्यचौकी तथा सोही वडाको होइदे उपस्वास्थ्य चौकीलाई कोविडसम्बन्धी स्वास्थ्य सामग्री प्रदान गरिएको हो । 


नेपाल आदिवासी जनजाति युवा महासघ केन्द्रीय उपाध्यक्ष सुभलाल राईको समन्वयमा ती सामग्री उपलब्ध गराइएको हो । ५ नं. वडाका कार्यबाहक अध्यक्ष फलामसिंह राई र स्थानीयको उपस्थितिमा आयोजित कार्यक्रममा नगर स्वास्थ्य चौकी दुर्छिमलाई २ सय ३० थान मास्क, ४ थान थर्मल गन, ४ थान सेनिटाइजर, ४ थान पल्स अक्सिमिटर बितरण गरिएको छ । 


त्यस्तै १० थान साइनेक्स, ९ थान जिन्क, ४ थान डिजिटल थर्मामिटर, १० थान पिसियम, ओचारएस १० प्याकेट र भिटामिन सी १० थान बितरण गरिएको हो । ती सामग्री स्वास्थ्यचौकीका डा. पवन श्रेष्ठ र रामेश्वर चौधरीलाई हस्तान्तरण गरिएको नेकपा (माओबादी केन्द्र)का युवा नेता राजुविक्रम चामलिङले बताए । 


त्यसैगरी होइदे उपस्वास्थ्य चौकीका लागि २ थान पिपिई सेट, ७० थान मास्क, ४ थान थर्मल गन, २ थान सेनिटाइजर, ४ थान पल्स अक्सिमिटर, ४ थान साइनेक्स, ४ थान जिन्क, ३ थान डिजिटल थर्मामिटर, ४ थान पिसियम, ४ प्याकेट ओआरएस र ४ थान भिटामिन प्रदान गरिएको महासंघका  सस्थापक सचिबसमेत रहेका राजुविक्रम चामलिङले बताए ।