पत्रकार महासंघ सचिवलाई पितृ शोक

२0७८ आश्विन १५ शुक्रबार
पत्रकार महासंघ सचिवलाई पितृ शोक

उदयपुर

नेपाल पत्रकार महासंघ उदयपुरका सचिव विश्वराज तामाङलाई पितृशोक परेको छ । त्रियुगा नगरपालिका १० बोक्सेस्थित आफ्दै निवासमा उनका बुबा ज्ञानबहादुर तामाङको शुक्रबार दिउसो १ः०० बजे निधन भएको हो । 


उच्च रक्तचापका बिरामी ६९ वर्षीय तामाङ ३ वर्षयता पक्षघात (प्यारालाईसिस)ले थलिएका थिए । बिराटनगरमा नियमित उचार गराउँदै आएका उनी बिगत दुईसातायता घरमै उपचाररत थिए । 


तामाङ परम्परा अनुसार शुक्रबार रातिसम्म लामाद्वारा विधि विधान पुरा गरेर शनिबार मात्र अन्त्यष्ठि गरिने आफन्तले जनाएका छन् । एक श्रीमतिसहित ३ सन्तानका पिता तामाङका २ छोरीहरु सन्तोषी र जयन्ती पनि पत्रकाररिता पेशामै क्रियासिल छन् । 


यसैबीच नेपाल पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष महेश्वर चामलिङले सचिव तामाङलाई पितृशोक परेकोमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । चामलिङले शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भने गहिरो समबेदना पनि व्यक्त गरेका छन् । 


उता नेपाल पत्रकार महासंघ उदयपुर अध्यक्ष भरत खड्काले पनि एक विज्ञप्ती प्रकाशित गरी सचिव तामाङ र परिवारप्रति समबेदना व्यक्त गरेका छन् । उनले शोकको घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै मृतकको आत्मको चीर शान्तिको कामना विज्ञप्तीमार्फत गरेका छन् ।