भेटघाटमा मेयर कप व्याडमिन्टन 

२0७८ आश्विन १४ बिहीबार
भेटघाटमा मेयर कप व्याडमिन्टन 

चुहाडे

यहाँस्थित एक नीजि कभर्डहलमा जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । त्रियुगा नगरपालिका ८ चुहाडे झोडास्थित व्यक्तिगत लगानीमा निर्मित भेटघाट कभर्डहलमा ३ दिने ‘मेयर कप व्याडमिन्टन प्रतियोगिता ०७८’ बिहीबारदेखि सुरु भएको हो । 


३ दिने जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिता जिल्ला व्याडमिन्ट संघ उदयपुरको समन्वयमा सुरु भएको हो । प्रतियोगिताको पहिलो चरणको स्पर्धा बिहीबार साँझसम्म सकिनेछ भने बाँकी इभेन्टका खेलहरु शुक्रबार र शनिबार हुने आयोजक क्लबका सञ्चालक विक्रमसिंह खड्काले बताए । 


खड्काले नीजि लगानीमा निर्मित कभर्डहलको उद्घाटनसँगै प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा ए डिभिजनका १० जोडीसहित ६४ जोडीको प्रतिस्पर्धा हुनेछ । आउँदो शनिबार सम्पन्न हुने प्रतियोगितामा विजेता खेलाडी समूहलाई २५ हजार नगद र ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई ८ हजार नगदका साथ मेडल र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको खड्काले बताए । 


व्याडमिन्टन खेललाई नियमित र व्यवसायिक रुप दिने उदेश्यले भेटघाट क्लबले व्यवसायिक कभर्डहलको निर्माण गरेको जनाएको छ । क्बलले कभर्डहलमा व्याडमिन्टनसँगै रेस्टुरेन्ट र संगीत तथा मनोरञ्जनात्मक गतिबिधि पनि गर्ने जनाएको छ । खेलकुद र संगीत तथा रेस्टुरेन्टलाई एउटै छातामुनि राख्नेगरी दिने सेवा उदयपुरमा यो पहिलो पटक हो । 


जिल्लाबासीको चाहना अनुसार व्यवसायिक क्बलको स्थापना गरी सञ्चालनमा ल्याइएको खड्काले जनाएका छन् । उनले अनुसार एकै थलोमा खेल, संगीत र रेस्टुरेन्टको सेवा उपलब्ध गराउदा व्यवसायिक सफलता मिल्ने अपेक्षा गरेको बताए ।