जितीया महोत्सव गाईघाटमा (फोटो फिचर)

२0७८ आश्विन १३ बुधबार
जितीया महोत्सव गाईघाटमा (फोटो फिचर)

उदयपुर, असोज १३

 

थारु समुदायको महान् चाड जितीयाको अवसरमा सदरमुकाम गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा जितीया महोत्सव बुधबारदेखि सुरु भएको छ । थारु कल्याणकारीणी सभा उदयपुरको आयोजना र त्रियुगा नगरपालिकाको प्रायोजनमा सुरु महोत्सवमा बाक्लो जनसहभागिता भएको छ । 

 

बुधबारदेखि सुरु आउँदो ३ दिनसम्म चल्ने सांस्कृतिक तथा सांगीतिक महोत्सवमा चर्चित गायक गायिकाहरु अनु चौधरी, नरेश जोगी, अनुजा चौधरी, आरसी चौधरी, रेन चौधरी, विजय चौधरीलगायतको प्रस्तुति रहने कल्याणकारीणी सभाका अध्यक्ष शिवकान्त चौधरीले बताए । त्यस्तै चर्चित रंगकर्मी कलाकार तथा निर्देशक प्रदिपकुमार चौधरीले पनि विशेष प्रस्तुति दिनेछन् । 


थारु पहिचान र परिकारसहितको महोत्सव त्रियुगा नगरपालिकाको सहयोग र बिभिन्न संघसंस्थाको प्रायोजनमा आयोजना गरिएको सभाले जनाएको छ । महोत्सवको उद्घाटन त्रियुगा नगरप्रमुख तथा नेकपा (एकीकृत समाजबादी)का पोलिटव्युरो सदस्य बलदेव चौधरीले गरे । उपप्रमुख देवीकुमारी चौधरी, १३ नं. वडाध्यक्ष पशुपति चौधरीलगायत जनप्रतिनिधिको सहभागिता रहेको महोत्सवको अवसरमा बुधबार राति अवेरसम्म चर्चित गायकगायिकाले आप्mनो प्रस्तुति दिएका थिए । 

 

फोटो फिचर