दुई फरक दुर्घटनामा बृद्धको निधन, दुई घाईते

२0७८ आश्विन ११ सोमबार
दुई फरक दुर्घटनामा बृद्धको निधन, दुई घाईते

रामपुर

गएराति स्कुटीको ठक्करबाट उदयपुरमा एक बृद्धको ज्यान गएको छ । आईतबार साँझ ठक्कर ँिददा बेलका नगरपालिका ३ त्रिबेणी चोकस्थित भित्रि सडकमा बा ६६ प ६०५३ नं. को स्कुटीले कुटीले ठक्कर दिदा सोही ठाउँका ७० वर्षीय हिरण्यबहादुर बस्नेतको ज्यान गएको हो । 


सोही ठाँउका २६ वर्षीय एकराज बिकले चलाएको स्कुटीले साँझ ७ः३० बजे पैदलयात्री बस्नेतलाई ठक्कर दिएर गम्भीर घाईते बनाएपछि उद्धार गरी उपचारार्थ बिपी स्मृति प्रतिष्ठान धरान लगिएको थियो । उपचारकै क्रममा बस्नेतको राति ११ः३० बजे निधन भएको प्रहरीले जनाएको छ ।


इलाका प्रहरी कार्यालय रामपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाए अनुसार चालक बिक र स्कुटरलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ । 

 

उता आईतबारै बेलका ६ स्थित मदन भण्डारी लोकमार्गमा को २८ प २८३६ नं. को मोटरसाईकलसँग  एकापसमा ठोक्किदा मे ५ प ३२५२ नं. को मोटरसाईकलमा सवार बेलका ३ का ६५ वर्षीय खड्गनारायण श्रेष्ठ गम्भीर घाईते भएका छन् ।  


उनको बाँया खुट्टामा चोट लागेको छ । उनलाई उपरार्थ बिराटनगरको न्युरो अस्पताल पठाइएको छ । सामान्य घाईते भएका अर्को मोटरसाईकल चालक बेलका ४ का ३३ वर्षीय राजेश विष्टको उपचारपछि इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।