अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्षमा राउत 

२0७८ आश्विन ९ शनिबार
अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्षमा राउत 

उदयपुर

नेकपा (माओबादी केन्द्र)निकट अनेरास्ववियु (क्रान्तिकारी)को जिल्ला कमिटी पदाधिकारी शनिबार टुंगो लागेको छ । सातादिनअघि नै नवौं जिल्ला सम्मेलन सम्पन्न भए पनि नेतृत्व चयनमा बिबाद भएपछि चयन हुन बाँकी कार्यसमिति पदाधिकारीको शनिबार टुंगो लागेको हो ।     


जस अनुसार सीताराम राउतको अध्यक्षतामा ५५ सदस्यीय जिल्ला कमिटी गठन भएको पार्टीले जनाएको छ । ३३ जना महिलालाई समेटिएको जिल्ला कमिटीको उपाध्यक्षमा नारायण थापा, अभिशेक राई र रञ्जना मगर छानिएका छन् भने मिलन विश्वकर्मालाई सचिवको जिम्मेबारी दिइएको छ । त्यस्तै प्रदिप कार्की, सञ्जय राई र सञ्जिव लुईटेलले सहसचिवको जिम्मा पाएको कमिटीमा डोमा राईलाई कोषाध्यक्ष बनाइएको (छ । 


गाईघाट बसपार्कस्थित पुष्पलाल स्मृति भवनमा रहेको पार्टी कार्यालयमा शनिबार बसेको पूर्ण अखिलको भेलाले पदाधिकारी चयन गरेको हो । जिल्ला सम्मेलनबाट ५५ जना प्रतिनिधि छानिए पनि आकांक्षी धेरै भएका कारण पदाधिकारी चयन टुंगा लाग्न बाँकी थियो । माओबादीले पछिल्लो समय महिला सहभागितालाई विशेष जोड दिदै पार्टी पुनर्गठनको अभियान चलाईरहेका बेला आकांक्षीबीच सहमति जुट्न नसक्दा पदाधिकारी चयन गर्न केही समय लागेको हो । 


अखिलका केन्द्रीय सदस्य भरत घिमिरेको उपस्थितिमा शनिबार बसेको जिल्ला कमिटीको पूर्ण बैठकले ९ सदस्यीय पदाधिकारीको टुंगो लगाएको अखिलका निवर्तमान अध्यक्ष बिमल कार्कीले बताएका छन् ।